म पटक पटक स्कुटर बाट रोडमा लडे ढलको ढक्कन पनि मिलाउन नजान्ने कसरी इञ्जिनियर बने : झाक्री

  • 103
    Shares

काठमाडौंका सडकमा ढलका ढक्कनहरू हामी यत्रतत्र देख्छौं। ती ढक्कनहरू सडक सतहसँग मिलेका हुँदैनन्। कुनै ठाउँमा ढलको ढक्कन सडक सतहभन्दा होचो हुन्छ, कहीँ सतहभन्दा अग्लो हुन्छ। दुवै अवस्थामा या त बीच सडकमा खाल्डो परेको हुन्छ या ढिस्कोजस्तो उठेको हुन्छ। यसले दुईपांग्रे सवारी दुर्घटना हुने जोखिम बढेको छ।

 

 

 

सर्वसाधारणले लामो समयदेखि झेल्दै आएको यो समस्यामा सडक विभागका इञ्जिनियरहरूले कहिल्यै ध्यान दिएको पाइँदैन। सजिलै सच्याउन सकिने यो गल्तीमा आजसम्म न विशेषज्ञ इञ्जिनियरहरूको आँखा पुगेको छ, न सडक विभागका प्रमुखहरूले इञ्जिनियरहरूलाई सचेत गराएका छन्।

 

 

 

सडक विभागको बेथिति र इञ्जिनियरहरूको लापरबाही प्रस्टसँग झल्काउने यो विषय सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शुक्रबार सार्वजनिक रूपमा उठाएकी छन्।

 

 

राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री झाँक्रीले आफूलाई जहिले पनि सडकमा राखिएका ढलका ढक्कनले दु:ख दिने गरेको बताउँदै ढलको ढक्कन मिलाउने दिन कहिले आउला भनी इञ्जिनियरहरूलाई प्रश्न पनि गरेकी छन्।

 

 

‘कालगतिले कहाँबाट के-के भएर मलाई मन्त्री बनाइदियो, म साढे दुई महिनादेखि गाडी नै चढिरहेकी छु,’ झाँक्रीले भनिन्, ‘तर म स्कुटर चढ्ने मान्छलाई ढलको बिर्कोले जहिल्यै दु:ख दियो। म पटक-पटक लडेँ। यो देशका इञ्जिनियरले ढलको बिर्को मिलाउने दिन कहिले आउला भन्ने मेरो व्यावसायिक चुनौती हो।’

भर्खरै

सम्बन्धित समाचार

error: