अहिलेका अर्थमन्त्रीलाई जोड घटाउ पनि आउँदैन अनि कसरी हुन्छ अर्थतन्त्रमा सुधार : (सुरेन्द्र पाण्डे)

  • 187
    Shares

काठमाडौं। पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अहिलेका अर्थमन्त्रीलाई जोड घटाउन पनि नआउने बताएका छन् ।

 

 

ग्यालेक्सी टिभीको एक कार्यक्रममा बुधबार उनले शर्मामा अर्थतन्त्रको राम्रो ज्ञान नरहेको बताएका हुन् ।

अहिलेको ४२ खर्ब रुपियाँ जीडीपी (कुल ग्रार्हस्थ उत्पादन) रहेको अर्थतन्त्र दुई सय गुणा वृद्धि गर्छु भन्ने अर्थमन्त्री शर्माको दावी हास्यास्पद र असंभव हो भन्दै पाण्डेले भने, ‘उहाँले हाम्रो अर्थतन्त्रलाई दुई सय गुणा बढाउने कुरा गर्नुभएको मैले पढें ।

 

 

 

हाम्रो अहिलेको अर्थतन्त्र भनेको ४२ खर्बको हो । त्यसलाई दुई सय गुणा बढाउने भनेको आठ हजार चार सय खर्ब हो । यो कहिं मेल खाने कुरा हो र ? दुई गुणासम्म भनेको भए ८४ खर्ब हुन्थ्यो ।

 

 

दुई सय गुणा भन्दिनुभयो । हाम्रो अर्थतन्त्र त्यति धेरै लिकेज भएर, त्यति धेरै कमजोर भएर ४२ खर्बमा सीमित भएको भन्ने उहाँले जुन म्यासेज दिनुभयो, त्यो गलत हो ।’

 

 

अर्थमन्त्री शर्माको भनाईले आफूहरु पनि कन्फ्युज भएको पाण्डेले बताए । उनले भने, ‘हामी पनि हिजो अर्थमन्त्री भएको । हामीले पनि हिजो भन्न नजानेको हो कि रु ४२ खर्बलाई आठ हजार चार सय खर्ब पुर्याउन सकिने अवस्था त्यो बेलामा पनि थियो कि रु हामीले भन्नु पर्यो नि ।’

 

 

अहिलेको अर्थमन्त्री कति योग्य रु भन्ने कुराले उनले केही बोल्न चाहेनन् । साथै, पाण्डेले मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्री शर्माको तर्क पनि अव्यवहारिक भएको बताए ।

 

 

 

बर्षमा दुई महिना विभिन्न कारणले काम हुन नसके पनि बाँकी १० महिनामा १०-१० प्रतिशतको दरले खर्च गर्ने कुरा हेर्दा अंकगणितमा सजिलो भए पनि त्यो सहज नरहेको मन्त्री शर्माको काम गराईबाट प्रष्ट हुने बताए ।

 

 

पाण्डेले चालु आर्थिक बर्षको पाँच महिनामा जम्मा पाँच प्रतिशत मात्रै खर्च भएको उदाहरण दिँदै गहिराईमा नगई शर्माले सतही टिप्पणी गर्ने काम गरेको बताए ।

 

 

भर्खरै

सम्बन्धित समाचार

error: