एमसीसी नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुन्छ : भीम रावल

  • 72
    Shares
काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीमा रहेको देश हितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन् ।

 

नेपाल–चीन जनमैत्री प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै देश हितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए राष्ट्रघात हुने बताएका हुन् ।

 

अमेरिकाका मन्त्रीले नै एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनिसकेको अवस्थामा नेपालका बिज्ञ भन्नेले होइन भनेर एमसीसीको बचाउन गर्नु हाँस्यास्पद भएको उनको भनाइ छ ।

 

 

उनले आफूले एमसीसीबारे सबै प्रावधान पढेकाले नेपालीलाई मुर्ख बनाउन काम नगर्न सुझाव दिए । पाँचतारे होटलमा एमसीसी परियोजनाको कार्यालय रहेको भन्दै उक्त कार्यालयमा नेपालीको कर खर्च गरिएको उनले आरोप लगाए ।

 

उनले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले परियोजनाका कर्मचारीसँग सम्झौता गरेर त्यहिबेलादेखि नै असमान सम्झौता भएको पुष्टि भएको बताएका हुन् ।

 

 

रावलले एमसीसीको प्रस्तावता र बिभिन्न धारा तथा सम्झौतामा उल्लेख बुँदाहरु सार्वभौमिक समानताको सिद्धान्तविपरीत रहेको तर्क गरे ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: