अमेरिकासँग मेरो नियमित सम्पर्क छ, एमसीसी फिर्ता हुँदैन : प्रचण्ड

  • 685
    Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसिसी फिर्ता नहुने बताएका छन् । उनले आफू अमेरिकासँग निममितजस्तै सम्पर्कमा रहेको भन्दै आफूहरू उक्त सहयोग फिर्ता गर्ने पक्षमा नरहेको बताएका हुन् ।

 

 

आज (शनिबार) बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले एमसिसी परियोजना अगाडि बढाउनुपर्ने बताए । तर त्यसमा केही विवादास्पद बुँदाहरू परिमार्जन गरेर मात्र अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

 

 

अध्यक्ष प्रचण्डले बैठकमा भन्, ‘नेपालको राष्ट्रिय हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर एमसिसी परियोजना अगाडि बढाइन्छ । तर त्यसमा केही प्रश्नहरू उठेका छन्, त्यसको जवाफ दिएर परिमार्जन एवं संशोधन गरेर मात्रै अगाडि लगिन्छ ।’

अमेरिकासँग आफ्नो नियमितजस्तै सम्पर्क रहेको भन्दै उनले एमसीसी दबाबबाट नभएर आशंकाहरु क्लियर गरेर मात्र अगाडि बढाउनुपर्ने आफ्नो धारणा रहेको प्रष्ट्याए । यसैमा अमेरिका, नेपाल र राजनीतिक दलहरुको पनि हित रहेको उनको भनाइ थियो ।

सोही क्रममा उनले एमसीसीलाई अस्त्र बनाएर सत्तारुढ गठबन्धन भत्काउने प्रयास भइरहेको भन्दै यसलाई पनि असफल पार्ने बताए । नेकपाले एमालेका अध्यक्ष केपी ओलीले हालको गठबन्धन तोडेमा एमसिसीमाथि समर्थन गर्ने भन्दै कांग्रेससँग साठगाठ गर्न खोजेको आरोप समेत प्रचण्डले लगाए ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: