देश धेरै नै धरासायी भयो अब देशलाई बचाउने ‘संकटमोचक’ ज्ञानेन्द्र सरकार नै हो – सन्तोष पन्त

  • 944
    Shares

काठमाडौ। वरिष्ठ हास्यकलाकार सन्तोष पन्तले नेपालको संकटमोचक पूर्व महाराजधीराज ज्ञानेन्द्र शाह भएको बताएका छन्।

 

 

पन्तले राष्ट्र गम्भीर संकटमा भएको बेला पूर्व महाराजधीराज ज्ञानेन्द्र नै राजगद्दीमा बस्नु परेको दृष्टान्त प्रस्तुत गर्दै फेरी त्यस्तै समय आउन लागेको बताएका हुन्।

 

 

 

पन्तले ०७ साल र ५८ सालको दृष्टान्त दिँदै नियतिले नै देश गम्भीर मोडमा पुगेको बेला देशको नेतृत्वमा राजा ज्ञानेन्द्रलाई नै पुऱ्याएको बताउँदै फेरी त्यस्तै स्थिति देखा परेकोले त्यो बेला राजा ज्ञानेन्द्रले नै राष्ट्रको उद्धार गर्ने बताए।

 

 

 

पन्तले भने, ‘तपाई याद गर्नुहोस्। जहिले पनि संकट परेको बेला, आपतबिपत परेको, अप्ठ्यारो परेको बेला राजा ज्ञानेन्द्र सरकार नै हुनु भएको छ। ०७ सालमा पनि राजा त्रिभुवनले परिवार नै लिएर दिल्ली गएको बेला उहाँलाई नै राजा बनाइयो। राजपरिवारको हत्याकाण्ड भयो ०५८ सालमा त्यतिबेला पनि राजा ज्ञानेन्द्र सरकार नै हुनु भयो। अहिले देश अप्ठ्यारोमा छ। अब देशलाई बचाउने, तह लगाउने संकटमोचक पनि राजा ज्ञानेन्द्र नै हो।’

 

 

 

पन्तले अहिले आएर जनताले राजाले लिएको कदम राष्ट्रहितको लागि रहेछ भन्ने बुझ्दै गएको बताए। त्यसैले पन्तले पूर्व महराजधीराज ज्ञानेन्द्रले तत्काल सत्ता हातमा लिएर नागरिक सरकार गठन गर्नु पर्ने बताए।

 

 

राजाले गद्दीबाट झरेर नेताहरुलाई शासन सत्ता सुम्पे पनि देश झन्झन् जर्जर हुँदै गएको नेपालीले देखिरहेको बताए।

 

 

विशाल शक्तिशाली छिमेकी राष्ट्रहरु भएकोले देशको अखण्डता र राष्ट्रियता जोगाइ राख्न राजसंस्था अपरिहार्य रहेको बताए। पन्तले नेपाल राष्ट्र भगवान पशुपतिनाथ र देउदेउरलीमा बसेका असंख्य देवी देउता को अशिम कृपाले बनेकोले देशमा धर्मसम्मत राज्य स्थापना हुने विश्वास व्यक्त गरे।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: