नेताहरूले जनता लुटेको अवैध सम्पत्ति जफत गरे एमसिसी ल्याउनै पर्दैनः राजेन्द्र लिङ्देन

  • 84
    Shares

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सबै अवैध सम्पत्ति जफत गरे एमसिसी परियोजना ल्याउनै नपर्ने बताएका छन् ।

 

बिहीबार तुलसीपुरमा भएको आमसभामा उनले एमसिसीले दिनेभन्दा बढी पैसा देशका लुटेराहरूसँग रहेको दाबी गरे ।

 

‘०४६ सालपछिका सबै उच्च नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत हुनुपर्‍यो,’ उनले भने, ‘त्यसो गर्ने हो भने एमसिसी ल्याउनै पर्दैन ।’

 

मुलुक इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गर्दै उनले स्वाभिमान र पहिचानसमेत हराउने स्थितिमा पुगेको जिकिर गरे । ‘देश सामान्यझैँ लाग्छ ।

 

गोली चलेका छैनन् । मान्छे मारामार छैन । विदेशी हस्तक्षेप छ भने विदेशी सेनाहरू आएका छैनन् । सबै ठीकठाकजस्तो देखिन्छ । तर, देश इतिहासकै सबैभन्दा कमजोर अवस्थामा छ ।

 

आफ्नोपन हराएको छ । स्वाभिमान, पहिचान हराउने स्थितिमा पुग्दै छ,’ उनले भने ।

 

उनले वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएकाले परिवर्तन गर्न आवश्यक रहेको बताए ।

 

‘गरिबको छोरोसँग देश बनाउने जस्तोसुकै योजना भए पनि निर्वाचन जित्न सक्ने अवस्था छैन,’ उनले भने, ‘करोडौँ खर्च गर्नुपर्ने ।

 

किनेर सांसद, मन्त्री बन्नुपर्ने अवस्था छ, त्यस्तो व्यक्तिले देश नलुटेर के गर्छ रु’ यो व्यवस्था परिवर्तन गरी राष्ट्रप्रमुखको रूपमा राजसंस्था ल्याउनुपर्ने उनको भनाइ थियो ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: