काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई २०औं शताब्दीको ‘जमेको’ दिमागले होइन, २१औं शताब्दीको ‘खुला’ दिमागले सोच्न आग्रह गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले एमसीसी अपनाउँदा विदेशी सेना नआउने तथा चित्त नबुझे ३० दिनको सूचना दिएर खारेज गर्न सकिने दाबी गरेका हुन् ।
‘एमसीसीबारे २०औं शताब्दीको शीतयुद्धकालीन जमेको दिमागले हैन, २१औं शताब्दीको चौथो औद्योगिक क्रान्तिकालीन खुला दिमागले सोचौं’, डा.भट्टराईले भनेका छन्, ‘देश कंगाल पारेर र छोराछोरी विदेश लखेटेर हैन, छिटो देश समृद्ध पारेर र युवाहरू देशमै राखेर आफ्नो र देशको सम्मान र सुरक्षा हुन्छ भन्ने बुझौं ।’ हल्लाका पछि नलाग्न अनुरोध गर्दै डा.भट्टराईले एमसीसीबारे चार ‘तथ्य’ बताएका छन् ।
एमसीसीबारे बाबुराम भन्छन्-
१. यो प्रोजेक्ट इम्प्लिमेन्टेसन एग्रिमेन्ट (परियोजना कार्यान्वयन सम्झौता) होस् शान्तिरसुरक्षारसीमा सम्झौता हैन ।
२.अनुदान रकम होस् ऋण हैन, तिर्न पर्दैन ।
३. नेपालको कानुनभन्दा माथि यो हुन्न, कुनै विवाद भए अन्तर्राष्ट्रिय कानुनअनुसार हुन्छ ।
४. विदेशी सेना आउन्न, चित्त नबुझे ३०दिनको सूचना दिएर यो खारेज हुन्छ ।