प्रचण्ड र ओली प्रतिक्रियावादी अबसर बादि दलाल हुन् : महासचिव मोहन वैद्य

  • 307
    Shares

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले पुष्पकमल दाहाल, केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन् ।

 

माओ दिवसको अवसरमा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन् । उनले कम्युनिष्ट पार्टीको स्थापना भएयता थुप्रै संघर्षहरु भए पनि सुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए । उनले यस्ता घटनाहरुको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए ।

महासचिव वैद्यले दक्षिणपन्थीको नेतृत्व गर्नेहरुले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भनिरहेको बताए । उनले अहिले प्रचण्ड आफूलाई क्रान्तिकारी भनिरहेको भन्दै प्रचण्डले माओवाद पहिले नै छोडिसकेको दाबी गरे। महासचिव वैद्यले भने, ‘प्रचण्डले माओवाद त उहिले छोडिसके, अहिले सबै वाद झुन्ड्याएका छन् । प्रचण्ड के भन्छन् भन्दा यो संविधानको रक्षा गर्ने हामी हौं, प्रतिगमनका विरुद्ध जाने हामी हौं भनेर कुर्लेका छन् । यो संविधानको रक्षा गरे त, त्यही हो प्रतिगमन, त्यही हो प्रतिक्रान्तिकारी, ओलीहरु, प्रचण्डहरु दक्षिणपन्थीमात्रै होइनन्, दक्षिणपन्थीभन्दा कम से कम कित्ताको कुरा आउँछ, यिनीहरु त प्रतिक्रियावादका दलाल हुन् ।’

 

महासचिव वैद्यले मार्क्सवाद, लेनिनवाद, माओवादमात्र भनेर नहुने भन्दै त्यसले भनेअनुसारको राजनीतिक कार्यदिशा बनाउनु पर्नेमा जोड दिए ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: