जनताको बहुमत लिएर एमाले फेरि सिंहदरबारमा पुग्नेछ आसा गर्नुहोस् त्यसपछि सम्रिद्ध नेपाल सुखी नेपाली बन्छ : अध्यक्ष ओली

  • 101
    Shares

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने बताउनुभएको छ ।

 

 

 

देशभरि एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

 

 

 

दमक नगरपालिका ३ मा निर्माणाधीन दमक भ्यु–टावरको अवलोकनपछि आज आइतवार आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर नागरिकले फेरि तीनै तहको चुनावमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताउनुभयो ।

 

 

‘एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो’, उहाँले भन्नुभयो, ‘अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पुर्‍याउँछन् ।’

हिजाे शनिवार गृह जिल्ला आउनुभएका अध्यक्ष ओली भाेलि सोमवारसम्म दमकमा रहने बताइएको छ ।

 

झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अध्यक्ष ओलीले आज र भाेलि आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

 

 

 

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: