धनगढीका ४ जना विद्यार्थीले बनाए चार पाङ्ग्रे विद्युतीय कार

धनगढी । कैलालीको धनगढीमा रहेको एक्सीस विद्याश्रमका चार जना छात्रले सारअल्फा नामक विधुतीय चार पाङ्ग्रे कार  निमार्ण गरेका छन्  ।

 

एक्सीस विद्या आश्रममा अध्ययनरत विद्यार्थी ऋषिकेश थापा,रोहित ऐर,आदित्य जोशी,सक्षम रेग्मीले सो कार निमार्ण गरेका हुन् ।

 

 

कोरोनाको दोस्रो लहरमा जारी गरिएको लकडाउनमा उनीहरूले सो कार्य गर्ने निर्णय गरेका थिए । करिब चार महिना लगाएर करिब डेढ लाख लागतमा  सारअल्फा नामक कार निमार्ण गरेको ऋषीकेष थापाले बताए ।

 

 

घर परिवार र विद्यालयको सहयोगबाट आफूहरूले सो कार निमार्ण गरेको उनको भनाई छ । “लकडाउनलाई सदुपयोग गरौँ भन्ने सोचले हामीले यो कार्य सुरु गरेका थियौ,”

 

 

थापाले भने, “यो अवधिमा धेरै समस्या पनि आए,त्यही पनि हामीले घर परिवार र विद्यालयबाट आर्थिक सहयोग पायौ । करिब चार महिना लाग्यो बनाउन । अहिले पनि निमार्ण कार्य जारी छ ।”

 

 

 

कारमा चाहिने सामाग्रीहरू विभिन्न ठाउँबाट जुटाएर कार निमार्ण गरेको उनको भनाई छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले पडाइसँगै आफूहरूको क्षमतालाई पनि बाहिर ल्याउने उद्देश्यले आफूहरू पढाईसँगसगै यो क्षेत्रमा लागेको उनीहरूको भनाई छ । अहिले सो कारमा चार वटा व्याट्रीको प्रयोग गरिएको छ ।

भर्खरै

सम्बन्धित समाचार

error: