गणतन्त्र प्राप्ति संघियता लागु धर्मनिरपेक्ष रास्ट्र प्रचण्डकै कारण भएको हो : सेरबहादुर देऊवा

  • 45
    Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्डको बलमा संविधानसभामा गएको बताएका छन्।

 

नेकपा माओवादी केन्द्रको आठौँ अधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले नेपालको राजनीतिमा प्रचण्डले ठूलो योगदान दिएको बताए।

 

‘नेपालको राजनीतिमा प्रचण्डजीले धेरै ठूलो योगदान दिनुभएको छ। उहाँको बलले हामी संविधानसभामा गएका हौँ। २००७ सालमा कांग्रेसले उठाएको कुरा प्रचण्डजीको अगुवाइमा पूरा भएको हो,’ उनले भने,

 

‘गणतान्त्रिक संघीयतासहितको संविधान आएको छ। संविधान बनाउने काममा प्रचण्डको महत्वपूर्ण भूमिका छ भन्ने सबैले स्वीकार गर्नुपर्छ।‘ गठबन्धन कसैको विरुद्धमा नभएको उनले बताए। संसद् र संविधान बचाउन गठबन्धन बनाएको उनले बताए।

 

‘संसद् पूरा चलोस भन्ने हो। यो संविधान र संसद् बचाउने गठबन्धन हो। यो पूरा समय चल्नेछ अझ अगाडि जाओस् भन्ने चाहन्छु। ओलीजीलाई यो खिलाफ हो भन्ने नलागोस्,’ उनले भने।

 

प्रचण्डको संविधान बनाउने र शान्ति प्रक्रियामा योगदान रहेको बताउँदै उनले शान्ति प्रक्रियाका केही कुरा पूरा नभएको बताए। सत्यनिरूपण तथा मेलमिलाप आयोगका काम पूरा गरेर दीर्घकालीन शान्तिमा

 

जान चाहेको उनले बताए।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: