नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वमा बसिरहने आफ्नो चाहना नभएको बताएका छन् ।न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले
माओवादीलाई पनि बुर्जुपा पार्टी बनाउन चाहनेहरुले मात्र आफ्नो वि`रोध गरेको बताए ।‘यो पार्टीलाई पनि बुर्जुवा पार्टी बनाउन चाहनेहरुले कति बसेको भनेर… मानौं मैले व्यक्तिगत
रुपले बसेको जस्तो ।यो मेरो व्यक्तिगत कुरा होइन । यो राष्ट्रको सर्वोत्तम हितको निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति मैले अन्तिम समयसम्म ल`ड्छु भनेर मात्रै मलाई सबै
साथीहरुले तपाई बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु त’ उनले भने।अध्यक्ष प्रचण्डले आफू पार्टी नेतृत्व छाड्ने चाहना हुँदाहुँदै बस्नु परिरहेको टिप्पणी गरे व्यक्तिगत रुपले त भन्नुहुन्छ
भने मलाई यत्रो बस्नुभन्दा अब रिटायर भएर संस्मरण लेख्न पो राम्रो छ।तर मैले अहिले जुन दस्ताबेज बनाउँदै छु,मलाई विश्वास छ राष्ट्रिय सम्मेलनले त्यसमा गर्व गर्नेछ र नेतृत्वप्रति गर्व गर्नेछ’ उनले भने ।