केपी ओली गणतन्त्र र संघीयताका मुख्य विरोधी हुन् दुई जिब्रे मान्छेको भर र आशा नगरौं: माधब नेपाल

  • 60
    Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

 

 

दाङमा लुम्बिनी प्रदेश कार्यकर्ता भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी आर्दश नभएको, व्यक्तिवादमै सर्वेसर्वा प्रवृत्ति ओलीमा देखा परेको भन्दै उनले यस्तो आरोप लगाएका हुन् ।

केपी शर्मा ओली बयलगाडा चडेर आफ्नो घर फर्किएको बताउँदै देशमा केपी शर्मा ओलीको प्राइभेट पार्टी छोड्ने लहर चलेको बताए ।

 

 

उनले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको भविष्य रहेको बताउँदै भने – हाम्रो पार्टीको मूल केन्द्र विन्दु भनेको जनता हुन् । हामी समाजवादको यात्रामा जान चाहन्छौ ।

 

 

हाम्रो ध्यान समाजको परिवर्तनमा रहेको छ । अब आर्थिक क्रान्ति गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । किसानको समस्यालाई केन्द्र विन्दुमा राखेका छौँ ।

 

 

केपी ओलीको पार्टीले देशलाई लुट्ने र जनतालाई चुस्ने काम गरिरहेको छ । त्यसैकारण हामी बाध्य भएर विद्रोह गरेका हौँ ।

 

 

 

नेता नेपालले एमाले एमाले पार्टी नभइ पार्टी पौवा रहन पुगेको बताए । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय उप-महासचिव प्रकाश ज्वालाले दक्षिणपन्थी अवसरवाद केपी शर्मा ओलीमा देखापरेका कारण विद्रोह गरेको बताए ।

 

 

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका लुम्बिनी प्रदेशका इञ्चार्ज तथा पार्टीको सचिव भागवत विश्वासीले केपी शर्मा ओलीको एमाले भन्ने पार्टी हाम्रो पार्टीसँग डराइरहेको बताए ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: