तुरुन्तै हेर्नुहोस भिडियो तलतिर राखिएको छ।
रुकुम पश्चिम-रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर–१ मा सडक बनाउन हेलिकप्टरबाट डोजर ढुवानी गरिएको छ।
वडा नम्बर–१ चैतिखारामा सडक बनाउन हेलिकप्टरमार्फत डोजर ढुवानी गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनुभयो । नगरपालिकाको वडा नम्बर–३ खदीमा रहेको डोजर आज दिनभरिमा वडा नम्बर एकमा पुर्याइ सकिने नगरप्रमुख केसीले बताउनुभयो ।
हिजो पनि हेलिकप्टर गोतमकोट पुगेर डोजरका सामग्री ढुवानी गरेको थियो । वडा नम्बर–१ मा रहेको साजेबगर–चैतिखारा–बारिङ्गे सडक निर्माणका लागि हेलिकप्टरबाट डोजर ल्याउनुपरेको वडा अध्यक्ष देवबहादुर घर्तीले बताउनुभयो ।
दुर्गम गाउँ बस्तीमा सडक पुर्या उने उद्देश्यले हेलिकप्टरबाट डोजरका सामग्री ढुवानी गर्नुपरेको नगरप्रमुख केसीको भनाइ छ ।सिस्ने हिमालको काखमा भएकाले अत्यधिक चिसोसमेत हुने गर्दछ। वडानं २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको थियो।
नगरपालिकाको अत्यधिक अप्ठ्यारो भागमध्ये यही पर्दछ । हिमालय क्षेत्र भएकाले यहाँ काम गर्न मुस्किल छ ।आठबीसकोट नगरपालिका भित्र ३ सय किलोमिटर सडक सञ्जाल रहेको र सबै ठाउँमा ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।
नोट :Nepal day मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई