बजेट कम छ ? नआत्तिनुस् यसरी बन्छ घर ५ देखी ८ लाखमै घर आजै सम्पर्क गर्नुहोस। (नम्बर सहित)

  • 271
    Shares

सहरमा जग्गा किनेर घर बनाउने रहर कसलाई हुँदैन ? तर काठमाडौं, पोखरा, भरतपुर, नेपालगन्ज, विराटनगर, बुटवलजस्ता सहरमा जग्गाको भाउ यति धेरै माथि चढ्यो कि सामान्य मान्छेले घडेरी किन्ने आँट पनि गर्न सक्दैन । घर बनाउने त झन् परको कुरा भयो । तर पनि तपाईंहामीमध्ये धेरैले आफूसँग भएको, बचत अनि ऋण सापटी गरेर तीनचार आना जग्गा जोडेका हुन सक्छौं । थोरै जग्गामा भनेजस्तो घर बनाउन नसकिने भयो भन्ने चिन्ताले पनि हामीलाई सताइरहेकै हुन्छ । नआत्तिनुस्, थोरै जग्गामा पनि चिटिक्क परेका सुविधा सम्पन्न घर बनाउन सकिन्छ, त्यो पनि कम खर्चमा । त्यस्ता चार किसिमका निर्माण सामग्रीबारे यहाँ जानकारी दिइएको छ, जसलाई प्रयोग गरेर थोरै जग्गा र कर्म खर्चमा आफ्नो सपनाको घर बनाउन सकिन्छ ।

१. प्रिफ्याब घर
प्रिफ्याब अर्थात् प्रि-फेब्रिकेटेड बोर्डबाट बनेका घरहरु तुलनात्मक रुपमा सस्ता हुन्छन् । कम्पनीले उत्पादनकै क्रममा कटिङ गरेर विभिन्न आकारमा बोर्ड बजारमा पठाउँछन् ।

 

 

 

ग्राहकले आफूलाई आवश्यक पर्ने आकारअनुसार खरिद गर्न सक्छन् । निर्माण सेवा प्रदायक कम्पनीले नापअनुसार सिधै जग्गामा यस्ता बोर्ड जडान गरेर घर तयार पारिदिन्छन् ।

यस्ता बोर्डमध्ये पछिल्लो समय नेपालमा सिमेन्टका बोर्ड बढी चलनमा छन् । प्रिफ्याबको बाहिरी र भित्री भित्तामा क्याल्सियम सिलिकेटका पाता हुन्छन् ।

 

 

 

बीचको भागमा बालुवा, सिमेन्ट र थर्मोकोल केमिकल हाली बलियो बनाइएको हुन्छ । यसलाई बुझ्ने भाषामा सिमेन्ट स्यान्डविच बोर्ड भनिन्छ । यी बोर्डबाट निर्मित घर भूकम्प प्रतिरोधी र वातावरणमैत्री हुन्छन् ।

प्रिफ्याब संरचना इँटाको तुलनामा तीनदेखि चार गुणा हलुका हुन्छ । कुनै पनि निर्माण सामग्री हलुका हुनुको अर्थ लागत पनि घट्नु हो ।

 

 

 

व्यापारिक कम्प्लेक्सहरूमा यस्ता बोर्ड कोठा विभाजनका लागि प्रयोग गर्नाले भवनको भार कम हुन्छ । इँटा, सिमेन्टजस्ता निर्माण सामग्री पनि नचाहिने हुँदा सस्तो पर्न जान्छ ।

 

 

आवासीय घरमा पनि यो प्रविधि उपयोगी मानिएको छ । यसले घर निर्माण गर्न लाग्ने लागतमात्रै होइन, समय पनि घटाउँछ । यस्तो बोर्डहरु ५० एमएमदेखि एक सय २० एमएमसम्मको मोटाइमा पाइन्छन् । जति मोटो बोर्ड प्रयोग गर्‍यो संरचना पनि उति नै बलियो बन्छ ।

 

 

२. एसवाइ प्यानल
एसवाइ प्यानल पनि प्रिफ्याब बोर्डजस्तै देखिने वैकल्पिक निर्माण सामग्री हो । एक तले घर वा भित्री पर्खाल विभाजन गर्न यो प्यानल बढी उपयोगी हुन्छ । प्यानलबाटै कम सयम र थोरै लागतमा सिंगै घर बनाउन पनि सकिन्छ ।

 

 

 

यस्तो प्यानल बनाउँदा थर्मोकोल प्रयोग गरिन्छ जसले थर्मल इन्सुलेसन प्रवाह गर्छ । यसले घरलाई चिसोमा न्यानो र गर्मीमा शीतल राख्न सहयोग गर्छ । यस्तो बोर्डको बाहिरी सतहमा प्लास्टर गर्न वा रङ लगाउन पर्दैन । जसले गर्दा घर निर्माणमा खर्च कम हुन्छ । यो प्यानलबाट बनेको संरचना सजिलै अर्को स्थानमा सार्न पनि सकिन्छ ।

 

 

 

 

 

 

३. एएसी ब्लक
एएसी (अटोक्लेभ्ड एरेटेड कंक्रिट ब्लक) इँटाको विकल्प हो । यस्तो ब्लक सिमेन्ट, आलुमिनियमको धुलो, चुना, बालुवा लगायतको मिश्रणबाट बनेको हुन्छ । पछिल्लो समय घर निर्माणमा एएसी ब्लकको चलन बढेको छ । मुख्यगरी अग्ला र व्यावसायिक भवन निर्माणमा यसको बढी प्रयोग हुन्छ । यी ब्लक इँटाभन्दा हलुका हुन्छन् र घर बनाउँदा संख्या पनि कम भए पुग्छ । यसबाट समय र खर्च दुवै जोगिन्छ ।

 

 

 

आरसिसी घरमा पनि कोठा विभाजन र बाहिरी भित्ताहरूमै एएसी ब्लक प्रयोग गर्न सकिन्छ । चार इन्च, छ इन्च र आठ इन्च चौडाइमा यस्ता ब्लक पाइन्छन् । इँटाको तुलनामा यस्ता ब्लक प्रयोग गर्दा १५ देखि २० प्रतिशतसम्म खर्च कम हुन्छ । आरसिसीको सट्टामा स्टिलको संरचना राखी एएसी ब्लक प्रयोग गरेर दुई तलासम्मको घर बनाउन सकिन्छ ।

 

 

 

४. इन्टरलकिङ ब्रिक
यो परम्परागत इँटाको विकल्पमा तयार पारिएको इँटा हो । २०७२ सालको भूकम्पपछि नेपालमा यो इँटाको उपयोगिता बढेको छ । यस्ता इँटाको बीचमा प्वाल हुन्छ । यो प्वालमा ६ एमएम फलामे तार प्रयोग गरिएको हुन्छ । जसले गर्दा इँटाहरू एकअर्कामा लक हुन्छन् ।
यो प्रविधिलाई सरकारले पनि मान्यता दिएको छ ।

 

 

 

 

निर्माणस्थलमै बसेर स्थानीयले उत्पादन गर्न सक्ने भएकाले ग्रामीण भेगमा लोकप्रिय हुँदै गएको छ । ग्रामिण भेगका भुइँतले घर बनाउन यो इँटा उपयुक्त हुने इन्जिनियरहरु बताउँछन् ।

 

 

एकअर्कामा लक हुने भएकाले एकतले घर बनाउन पिलर उठाउनु पनि पर्दैन । सिमेन्ट, बालुवा र माटोको मिश्रण मेसिनमा रोखर यस्तो इँटा तयार पारिन्छ । तयार पारेको २१ दिनपछि प्रयोग गर्न सकिन्छ ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: