एमसीसी पास गरे सबै जनता एक भएर टुँडिखेलमा ल्याएर टाऊको काटेर फुटबल खेल्नुपर्छ : ज्ञानेन्द्र शाहि

  • 8.7K
    Shares

पूर्व मन्त्री एवं नेपाली कांग्रेस महामन्त्री गगन थापालाई एक सामाजिक अभियान्ताले कडा चेतावनी दिएका छन् । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउनतर्फ लागे गगन थापाको ज्यान नरहन पनि सक्ने भन्दै चेतावनी दिएका हुन् ।

अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता बिरुद्ध चर्को विरोध गर्दै आएका शाहीले एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा यस्तो चेतावनी दिएका छन्

 

शाहीले भ्रष्टाचार विरुद्धको अभियान लागेका शाहीले यसअघि महामन्त्रीमा निर्वाचित थापा र विश्वप्रकाश शर्मा दुवैलाई शुभकामना दिदै एमसीसी रोक्न र कांग्रेस भित्रकै भ्रष्टचारी नेतालाई जेल हाल्ने वातावरण वनाउन सुझाव दिएका छन् ।

 

‘नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मा ज्युलाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना साथै राष्ट्रघातती एमसीसी रोक्नुहोस, मुलुकलाई बचाउनुहोस यही देशमा रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुहोस, भ्रष्टाचारी तपाईकै पार्टीका नेताहरूलाई जेल हाल्ने बाताबरण सिर्जना गर्नुहोस् ’ उनले भनेका छन्।।

 

शाहीले अमेरिकाले आफना छोराछोरी मा’र्नुभन्दा एमसीसीका दलेहरुलाई मार्न जनता तयार हुन सक्ने वताएका छने । उनले भनेका छन्-‘एमसीसी पास गरेर गगन थापा बाहिर निस्किए भने गगन कुमार थापाको जीवन नरहन पनि सक्छ, नेपाली जनताले। जनता त्यत्तिकै सान्त छैन।

 

जनता त्यत्तिकै छोड्नवाला छैन। भोली जनताको छोराछोरी अमेरिकाले मार्छ भने आज एकदुई जना दलेलाई खतम पार्दिएर देश वच्छ भने जनताले त त्यो बाटो अपनाउन सक्छन् नी।’

 

यता, एमाले नेता भीम रावलले एमसीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनुपर्ने बताएका छन् । एमाले नेता रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको जिकिर गरे ।

 

शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तर्क्रिया कार्यक्रममा पूर्वउपप्रधानमन्त्री रावलले एमसीसी संशोधन विनानै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनी दिए ।

 

एमसीसी सम्झौता संशोधन गरेमा अघि बढाउन आफू पनि सहमत रहेको उनको भनाइ छ । ‘‘त्यसकारण विदेशी कम्पनीको इसारामा समानान्तर सरकारको स्थिति उत्पन्न हुन्छ यसबाट । समानान्तर सरकारको स्थिति उत्पन्न हुनुका साथै नेपाल क्रमशः पराधीनतातर्फ धकेलिनेछ’ उनले भने ।

 

नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौता नेपालका लागि स्वीकार्य हुनै नसक्ने बताए । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गरे मुलुक गम्भीर दुश्चक्रमा फस्ने चेतावनी दिए । एमसीसी यथास्थितिमा संसदबाट पारित गराए त्यसको शिकार नेपालका नेताहरु आफंै हुने बास्तोलाको भनाइ छ ।

 

अमेरिका एमसीसीमार्फत् भारतमा पनि नियन्त्रण गर्न चाहन्छ । अमेरिकाले डेमेक्रेसीको नाममा लुटपाट मच्चाउने काम गरिरहेको छ । नेपालमा पनि एमसीसी भनेर डकैती गर्न खोजिएको छ’ उनले भने ।

 

पूर्वराजदूत लीलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेकाले त्यसलाई अगाडि बढाउन नसकिने धारणा राखे । ‘एमसीसी राष्ट्रको हितमा छैन । मुलुकका पुस्तौंपुस्ता बन्दी बनाउने गरी सो सम्झौता गर्न खोजिएको छ । त्यसलाई सम्झौता गरेर अघि बढन हुँदैन, सकिदैन’ उनले भने ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: