झापा । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीले आफ्नो छोराले पुनः पाँच वर्ष एकलौटी सरकार चलाउने बताएका छन् ।
गृह जिल्ला झापामा रहेका बुवा मोहनप्रसादलाई भेट्न ओली आइतबार पुगेका थिए । छोरालाई भेटेपछि मोहनप्रसादले सञ्चारकर्मीसँगको कुराकानीमा आगामी चुनावमा आफ्नो छोराले जितेर पुनः ५ वर्ष एकलौटी सरकार चलाउने दाबी गरे ।
उनले सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुनपछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।
’
आफ्नो छोरा अझैँ २० वर्षसम्म स्वस्थ रहने बताउदै ९० वर्षीय मोहनप्रसादले छोरा ओलीलाई षड्यन्त्र गरेर प्रधानमन्त्री पदबाट हटाइएकाे पनि बताए ।
उनका अनुसार ओलीलाई जनताले फेरि सत्तामा पुर्याउछन् र पाँच वर्ष सरकार चलाउछन् ।
यो पनि,,काङ्ग्रेस महाधिवेशन मन्चमै ओलिले माधब र प्रचण्डलाई झपारेपछी भिजेको मुसा जस्तो लुरुक्क (हेर्नुस भिडियो)
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र काँग्रेसमात्र भएको बताएका छन् । ओलीले अरु सवै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी समेत गरे ।
शुक्रबार नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्व लाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
‘वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस हो, अरु त बन्छन् बिलाउँछन् । फेरि बन्छन् फेरि बिलाउँछन्’, अध्यक्ष ओलीको भनाइ छ ।
उनले अरु पार्टीलाई पानीका फोकाको संज्ञा समेत दिए । ‘पानीका फोकाजस्तो उठिरहन्छन्, फुटिरहन्छन्’, उनले नेकपा एमाले देशको प्रमुख पार्टी भएको भन्दै यसको काँधमा प्रमुख अभि भारा रहेको दावी समेत गरे ।
उनले नेपाली काँग्रेसलाई समेत एमालेले सम्झाउनुपर्ने अवस्था आएको बताए । भने, ‘नेपाली काँग्रेसलाई समेत सम्झाउनुछ ।
त्यस कामका लागि अहिले म जाँदैछु’, ओलीको भनाइ छ । उक्त कार्यक्रमपछि ओली काँग्रेसको महाधिवेशनमा सहभागी हुँदैछन् ।