काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अबको निर्वाचनमा माधव नेपालको एकीकृत समाजवादी र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पत्तासाफ हुने बताएका छन्।
पार्टीनिकट साइबर सर्कलको कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। ‘
अबको चुनावमा एमालेले दुईतिहाइ बहुमत ल्याउँछ, केपी ओली फेरि प्रधानमन्त्री बन्नुहुन्छ,’ उनले भने, ‘त्यही चुनावबाट कांग्रेस हाफ हुन्छ, माधव(प्रचण्डहरू पत्तासाफ भएर सकिन्छन्।’
बस्नेतले एमालेमा अहिले बेग्लै आकर्षण रहेको पनि बताएका छन्। ‘अहिले एमालेमा आकर्षण छ। कांग्रेस आफैँ टाउको फोडाफोड गरेको छ एमालेलाई के चुनौती दिन्छ ?
उनले भने, ‘हाम्रो महाधिवेशन सफल बनाउन र आगामी चुनावमा जिताउन साइबर सर्कलले कुरा बुझेर जानुपर्छ।