राजेन्द्र लिङ्देनले वाचा पूरा गर्दै, पार्टी एकता गर्ने रवीन्द्र मिश्रसँग भयो यस्तो घोषणा,,

  • 34
    Shares

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ । राजेन्द्र शुक्रबार मिश्रकै निवासमा एकताको प्रस्ताव लिएर गएका हुन् ।

काठमाडौंमा भएको एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि राप्रपासँग विचार मिल्ने शक्तिसँग ६ महिनाभित्र एकता गरिसक्ने घोषणा गरेका लिङ्देन शुक्रबार बिहान मिश्रको निवास पुगेका हुन्।

भेटघाटमा महामन्त्री धवलशमशेर राणा पनि थिए । समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप नै मिश्रसँग भेटवार्ता भएको जानकारी दिइएको छ ।

भेटवार्ताको तस्वीर सामाजिक सन्जालमा सार्वजनिक गर्दै मिश्रले राजनीति र देशको भविष्यबारे कुराकानी भएको लेखेका छन् । ‘आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुबैप्रति आभारी छु,’ मिश्रले लेखेका छन् ।

पछिल्ला दिनहरूमा विवेकशील साझा पार्टी हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा सकारात्मक देखिदैँछ । जानकारी अनुसार लिङ्देनले पार्टी एकता गरेर अघि बढ्न प्रस्ताव गरेका हुन् ।

अहिले सामान्य रुपमा छलफल भएको र आगामी दिनमा पुनः भेट गरेर छलफल गर्न सकिने महामन्त्री राणाले बताए । राप्रपामा थुप्रै वरिष्ठ नेताहरू रहेका कारण मिश्रलाई सम्मानजनक तरिकाले कसरी समेट्ने भन्ने विषय पनि चर्चामा रह्यो ।

राप्रपा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ । पछिल्लो समय मिश्र राजसंस्थाप्रति उदार देखिँदै आउका छन् । मिश्र संघीयताको विरोध पनि गर्छन ।

सोही कारण मिश्रको पार्टीमा विवाद पनि बढ्दै गएको छ । साझा पार्टीभित्र मिलन पाण्डे मिश्रको भन्दा फरक विचार राख्दै आएका छन् ।

सोही कारण हालै अध्यक्ष मिश्रले पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेका थिए । त्यसपछि युवा नेतृ रञ्जु दर्शनाले पनि राजीनामा दिएकी थिइन् ।

विश्वस्त स्रोतका अनुसार २७ पौषमा पृथ्वीनारायण शाहको जन्मदिन पारेर लिङ्देनले महत्वपूर्ण घोषणा गर्न लागेका छन् । उनले मिश्रलाई सोही दिनमै एक भएर जाने प्रस्ताव गरेको बुझिएको छ ।

यसैगरी, २७ पौषमै कमल थापाले महत्वपूर्ण घोषणा गर्ने भएका छन् । उनले राजसंस्था त्यागेर हिन्दुराष्ट्रको मात्र मुद्दा उठाउने तयारी गरेको बुझिएको छ ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: