चुनावपछि विशेष महाधिवेशन गर्छाैँ, माओवादीलाई एक नम्बर बनाएरै छाड्छाैँ : प्रचण्ड

  • 60
    Shares

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारलाई केन्द्रमा राखेर विशेष महाधिवेशनको आयोजना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

 

 

 

 

आफ्नाे प्रतिवेदनमा उठेकाे प्रश्नकाे आज शुक्रवार जवाफ दिँदै उहाँले चुनावपछि विचार, राजनीतिक कार्यदिशालगायत विषयमा थप प्रष्टताका लागि विशेष महाधिवेशनको आयोजना गरिने विश्वास दिलाउनुभयो ।

 

 

 

 

अध्यक्ष प्रचण्डले अहिलेको महाधिवेशन विचार निर्माण र नेपाली मौलिकतासहितको समाजवादी कार्यक्रम निर्मााणका लागि प्रस्थान विन्दु भएको निष्कर्ष सुनाउँदै विशेष महाधिवेशनमा पुगेर एउटा निष्कर्ष निकालिने बताउनुभयो ।

 

 

 

समूहगत छलफलका क्रममा समेत नेता तथा कार्यकर्ताले विचार निर्माणका लागि अझै वृहत् र घनीभूत छलफलको आवश्यक रहेको भन्दै विशेष महाधिवेशन वा त्यस्तै विशेष प्रकारको भेला आवश्यक रहेको धारणा राखेका थिए । त्यही धारणालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनावपछि विशेष महाधिवेशन गर्ने बताउनुभएको हो ।

 

 

 

प्रतिवेदन सर्वसम्मतिले पारित

यसैबीच अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले गएकाे साेमवार उहाँले पेस गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गरेको हो ।

 

 

 

महाधिवेशनको बन्द सत्रको पहिलो दिन सोमवार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेस गर्नुभएको थियो । यस्तै त्यही दिन स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदामा प्रस्तुत गर्नुभएको थियो ।

 

 

 

 

मङ्गलवार र बुधवार दिउँसाेसम्म समूहगत छलफल भएको थियो । छलफलका लागि विभिन्न २५ समूह निर्माण गरिएका थिए । समूहको संयोजन गर्ने जिम्मेवारी समेत नेताहरूलाई दिइएको थियो । बन्द सत्रमा नेताहरू हरिबोल गजुरेल, राम कार्की, लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि टिप्पणीमूलक पूरक प्रतिवेदन पेस गर्नुभएको थियो ।

 

 

 

बन्द सत्रको आजको सत्रमा अध्यक्ष प्रचण्डले सबैको विचार र भावनालाई समेटेर प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाउनुभयो । उहाँले सबैको सुझावलाई आत्मसात् गर्दै पार्टीलाई अझै स्पष्ट र भरोसायोग्य बनाउने बताउनुभएको थियो । नेता तथा कार्यकर्ता तहबाट उठेका सबै विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभएपछि अध्यक्ष मण्डलका तर्फबाट निर्णयका लागि प्रस्तुत गरिएको थियो ।

 

 

 

अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई बन्द सत्रको हलले सर्वसम्मतिले पारित गरेको हो । अध्यक्ष प्रचण्डले सबै पक्षको भावनाअनुसार पार्टीलाई थप बलियो बनाउने विश्वास दिलाउँदै एजेन्डा, कार्यक्रमका हिसाबले पनि माओवादी नै अब्बल रहेको बताउनुभयो ।

 

 

उहाँले माओवादी एजेन्डामा नै देश अगाडि बढिरहेकाे दाबी गर्दै यसलाई थप विस्तार गर्दै पार्टीलाई एक नम्बरको बनाएरै छाड्ने बताउनुभयो ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: