केपी ओलीको अहङ्कार ले धेरै नै सिमा नाघेर गलत बाटाे हिडेकाेले नेकपा फुटेका हाे, प्रचण्डकाे दाेष छैन – महासचिव शंकर पाेखरेल

  • 219
    Shares

काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेल मुलुकले क्रान्तिसँगै परिवर्तनको खोजी गरिरहेको बताएका छन् । उनले नेपालमा तीन–तीन वटा क्रान्ति भए पनि त्यसले परिवर्तन ल्याउन नसकेको बताए ।

 

 

 

‘हामी क्रान्तिका हिसाबले त गर्व गर्छौं, दुनियाँमा हरेक क्रान्तिका पछाडि परिवर्तन हुने गर्छ, तर नेपालमा हामीले तीन–तीन वटा क्रान्ति गर्दा पनि युगलाई बदल्न सकेका छैनौं, किन भन्दा खेरि हामीले उत्तर दिन सकेनौं भने हामी क्रान्तिका नायक त हुन सक्छौँ, तर निर्माणका नायक हुन सक्दैनौँ,’

 

 

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महासचिव पोखरेलले भने, ‘यो मुलुकमा जनताले निर्माण खोजेको छ, समृद्धि खोजेको छ, क्रान्तिमात्रै होइन, परिवर्तन खोजेको छ भन्ने यथार्थतालाई हामीले आत्मासात गर्न सक्नुपर्छ ।’

 

 

उनले राजनीतिक दलहरूले जनताको मनमा गुज्रिरहेका प्रश्नहरूमाथि गम्भीर भएर चिन्तन गर्नुपर्ने बताए । ‘

 

हामी ००७ सालदेखि सधैँ अधिकारको खोजीमा छौं, अधिकारका मामिलामा हामी सधैँ च्याम्पियन बन्यौँ, तर कर्तव्यका मामिलामा, राष्ट्रको विकास र समृद्धिका मामिलामा हामीले कुन रुपमा पूरा सक्यौँ, सकेनौँ भनेर मनन गर्ने बेला भएको छ, हाम्रा राष्ट्रिय महाधिवेशनहरूमा यी विषय छलफलको विषय बन्न सक्नुपर्छ,’ उनले भने ।

 

 

महासचिव पोखरेलले माओवादी आन्दोलनमा प्रशासनले दमन गर्दा आफूहरू त्यस त्यसको विरुद्धमा अभियानका रहेको स्मरण गरे । उनले बामपन्थी आन्दोलन सही दिशामा हिंडिरहेको छ भन्ने प्रश्न गरे ।

 

 

 

‘कार्यनीतिका मतभेदका कारण हामी छुट्टाछुट्टै हिंडेका छौं’ पोखरेलले भने । उनले संविधान निर्माणलाई कुनै दल विषेशको उपलब्धीको रुपमा मात्र कुरा गर्‍यो भने त्यो अन्याय हुने बताए ।

 

 

‘हामी एमाले र माओवादी केन्द्र बलियो बामपन्थी दल बनाउने हिसाबले देशव्यापी रुपमा चुनाव लड्यौ ।

 

 

जनताको भावनालाई सम्बोधन गर्दै नेकपाको रक्षा गर्न सकेनौ’ पोखरेलले भने,‘ समाज बदल्ने कुरामा हामी मिल्न सक्ने तर विकास र समृद्धिका कुरामा मिल्न नसक्ने कारण के हो ?’

 

 

 

उनले एउटै म्यान्डेटका कारण आफूहरूले जनमत पाएको । तर जनताको म्यान्डेट खण्डित भएपछि जनतामा जाने कुरालाई प्रतिगमन भनिएको उनले उल्लेख गरे ।

 

 

राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेलले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता पौडेलले एउटा पार्टीले मात्रै त्यो प्रतिगमनलाई निस्तेज पार्न नसक्ने बताइन् ।

 

 

 

‘हाम्रो अघिल्तिर प्रतिगमनको खतरा अझै पनि छ, एउटा पार्टीले मात्रै लडेर प्रतिगमनलाई रोक्न सक्दैन, त्यसैले प्रतिगमनका विरुद्ध सबै दलहरू एकताबद्ध भएर त्यसको प्रतिकार गर्नुपर्नेछ,’ उनले भनिन्, ‘जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त अधिकार, संविधान र लोकतन्त्रमाथि प्रहार भइरहेको छ, हामी दलहरूबीच विभिन्न मतभेद छ, तैपनि हाम्रा यी राजनीतिक उपलब्धिहरूलाई जोगाउनका लागि सबै दलहरूबीच दृढ एकताको आवश्यकता छ ।

 

 

आज प्रतिगमन चर्कोरुपमा अघि बढिरहेको छ, त्यो प्रतिगमनविरुद्ध पाँच दलीय गठबन्धनले भूमिका खेलेको छ । तर, यतिले मात्रै पुग्दैन, यसलाई अझै अघिसम्म लैजानुपर्ने आवश्यकता छ ।’

उनले प्रतिगमनका विरोधीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताइन् ।

 

 

 

‘प्रतिगमनका विरोधीहरू हामी एकताबद्ध भएर जान सकेनौं भने हामीले ठूलो मूल्य चुकाउनुपर्नेछ, इतिहासले हामीलाई माफ गर्ने छैन,’ उनले भनिन् ।

 

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: