एमाले सम्झेर मन्चमै धरधरी रोइन – मन्त्री झाक्री

  • 32
    Shares

शहरी विकास मन्त्री एवं नेपाल कम्यु निस्ट पार्टी (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफूले दुःखले निर्माण गरेको घरमा बस्ने वातावरण नभएको बताएकी छन् ।

 

झाँक्रीले शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा एकीकृत समाजवादी पार्टीको कार्यालय उद्घाटन गर्दै विगतमा आफूहरूले मेहनतका साथ धेरै घर निर्माण गरेको भए पनि ती घरमा बस्ने वातावरण नहुँदा नयाँ घर निर्माण गरेको बताइन् ।

 

उनले नेकपा एमालेलाई लक्षित गर्दै ‘पुरानो घर’को संज्ञा दिएकी थिइन् । र ‘नयाँ घर’को रुपमा नेकपा एकीकृत समाजवादीलाई अर्थ्याएकी थिइन् ।

 

उनले भनिन, ‘थुप्रै घर निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ सबैको मान्यता हो तर जिन्दगीका महत्वपूर्ण स,,मय त्यही घर पार्टीमा योगदान गर्‍यौं, लाखौं जनताको सारथी मात्रै होइन बदल्ने महत्वपूर्ण अभियन्ता पनि बन्यौं ।’

 

झाँक्रीले गुल्मीको नेकपा एमालेको पार्टी कार्यालय नजिकै नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय स्थापना गर्दै विगतमा धेरै संघर्षका बाबजुद पक्की घर बनाउन सफल भएको बताइन् । उनले मेहनतले बनाएको त्यही घरबाट अलग भएको भन्दै कठिन यात्रा तय गरेको बताइन् ।

 

झाँक्रीले भनिन्, ‘धेरै मेहनत गरेका थियौं त्यो घर बनाउन । तर त्यही घर पार्टीबाट अलग भयौं, यात्रा कठिन छ, कठिन भए पनि यात्रा सम्भव छ ।’

 

भाडाको घरमा पार्टी कार्यालय स्थापना गर्दै मन्त्री झाँक्रीले जिन्दगीका अनगिन्ती राजनीतिक अफ्ठयारा सम्झेर गहभरी आँशु झार्दै भनिन्,

 

‘धेरै मान्छेले हामीलाई सोधेका छन् पार्टी कसरी निर्माण गर्छौ ? राजनीतिक यात्रा कसरी अगाडी बढछ ? तर आगामी निर्वाचन सम्म गठबन्धन कायम रहन्छ ।’

 

उनले वर्तमान गठबन्धन भत्काउन नेकपा एमाले सक्रिय रहेको भन्दै कुनै पनि हालतमा गठबन्धन नटु,ट्ने बताइन् । झाँक्रीले एमालेको चरित्रकै का,रण आवश्यकताका आधारमा गठबन्धन बनेको बताइन् ।

 

जनताको समस्या स,माधान गर्ने एकमात्र थलोको रुप,मा रहेको व्यवस्थापिका संसद्‍लाई नेकपा एमा,लेले बन्ध,क बनाउन नहुने पनि उनको भनाइ थियो ।

 

उनले नेकपा एमा,लेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिँदै नागरिकलाई दुःख दिने प्रवृ,त्तिको अन्त्य गर्न पनि आ,ग्रह गरेकी छन् ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: