काठमाडौ : नेकपा (एमाले) का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईंले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको सरकारले बेचेको आ’रोप लगाएका छन्।
मेडिकल कलेज सञ्चालक समेत रहेका प्रसाईंले नेपाली काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताएका हुन्।
शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरु रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्क समेत गरे ।
‘
२०४६ सालपछि २०६० सालसम्म नेपाली कांग्रेसको अधिकांश समय सत्तारोहण भयो। त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिए ।
तपाईहरुलाई म यो स्मरण गराउन चाहन्छु । जव नेपाली काँग्रेसको हातमा राजनीतिक सत्ता गइसकेपछि उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरुको यो देशमा रोजगारी ब’न्द भयो ।
उनले भने, त्यसपछि हाम्रा युवाहरु विदेश पलायन हुन बाध्य भए। हरियो पासपोर्टको खेती मौलायो। डाटाले भन्छ – अहिले दैनिक ३ हजार युवाहरु विदेश जाँदैछन् बैदेशिक रोजगारीका लागि ।’
उपप्रमुख प्रसाईंले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघ’टन गरेको दा’वी समेत गरे ।
ओलीले संविधानसम्मत ढंगले प्रतिनिधिसभा विघ’टन गरेको उनको भनाई थियो ।थाहा खबरबाट