आगामी निर्वाचनमा प्रचण्डको पार्टी कोल्याप्स हुन्छः गोकुल बाँस्कोटा

  • 56
    Shares

नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) पत्तासाफ हुने बताएका छन ।

 

 

अनेरास्ववियू काभ्रेको २९औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बाँस्कोटाले माओवादी केन्द्र खास साइजमा आउने उनले बताए ।

आगामी निर्वाचनमा जनताले माओवादी केन्द्रलाई ३ देखि ५ सिटमा सीमित गरिदिएपछि प्रचण्डको पार्टी कोल्याप्स हुने बाँस्कोटाको दाबी छ ।

 

‘निर्वाचनपछि तीनदेखि पाँच सिटमा सीमित गरेर जनताले खास साइजमा ल्याउँछन्,’ उनले भने, ‘त्यसपछि प्रचण्डको पार्टी कोल्याप्स हुन्छ ।’

 

 

प्रचण्डको पार्टी कोल्याप्स भएपछि मात्रै कम्युनिष्ट आन्दोलन शुद्धिकरण हुने र विकास निर्माणले गति प्राप्त गर्ने उनको तर्क छ ।

भर्खरै

सम्बन्धित समाचार

error: