हामीलाई कसैको साथ चाहिदैन एक्लै काङ्ग्रेस आगामी निर्वाचनबाट दुई तिहाइ बहुमतका साथ सत्तामा पुग्छ: डा.डिला संग्रौला

  • 3.2K
    Shares

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले नेपाली कांग्रेस आगामी आम निर्वाचनबाट दुई तिहाइ बहुमतका साथ सत्तामा पुग्ने बताएकी छिन् ।

 

आफैंले लेखेको पुस्तक‘‘नेपालीका सपना अधुरै’ शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट लोकर्पण गराउँदै अब कांग्रेस दुई तिहाइ बहुमतका साथ सत्तामा पुगेर जनताका सपना पुरा गर्ने दायित्व लिनुपर्ने औंल्याइन ।

उनले भनिन्, ‘हामीले लिएको अठोट र विश्वासलाई अघिल्लो सरकारले पूरा गर्न सकेन । नेपालीका थुप्रै सपनाहरु अधुरै रहे ।

 

जनता फेरि कांग्रेसतिरै फर्क चाहेका छन् । कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेको छ ।

 

 

त्यसैले आगामी तीनै तहको चुनावबाट कांग्रेस दुई तिहाइका साथ मुलुकको नेतृत्व गर्दै जनताका अधुरा सपना पूरा गर्नुपर्छ।’

यतिबेला सबै नेपालीले एउटा सपना बोकेको भए पनि ति सपनाहरु पूरा गर्ने दायित्व कांग्रेसको काँधमा आएको उल्लेख गर्दै डा.संग्रौलाले पाँच बर्षको म्यान्डेट पाएको केपी ओली नेतृत्वको

 

 

सरकारले ति सपनाहरुलाई लत्याएको आरोप लगाइन । डा.संग्रौलाले आफ्नो पुस्तकमा जनताका भावना र सपनाहरु समेटेको बताईन्।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: