एमसीसी पास गर्न किन ढिलासुस्ती नेपालको हितमा छ। कुनै नोक्सान हुदैन ढुक्क भएर पास गर्दा हुँन्छ, : डा. शेखर कोइराला

  • 2.3K
    Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूलाई दोस्रो वरीयता नदिएकोमा रिसाएका छन् ।

 

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान अन्तर्वार्तामा कोइरालाले आफूलाई दोस्रो वरीयतामा राख्नुपर्ने घुमाउरो भाषामा बताए ।

 

 

नेता कोइरालाले केन्द्रीय सदस्यमा मनोनीत १० जनाको विषयमा असन्तुष्टि जनाएका छन् । दश जनामध्ये ५ जना पराजितहरूलाई केन्द्रीय सदस्य बनाएको भन्दै असन्तुष्टि जनाए ।

 

 

 

केन्द्रीय सदस्यमा मनोनीत गरेर सभापति शेरबहादुर देउवाले गुटको विजारोपण गरेको आरोप लगाए । उनले चन्द्र भण्डारी, मीनेन्द्र रिजाल, महेश आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गर्नुपर्ने माग गरेका छन् ।

 

 

रामचन्द्र पौडेल, शशांक कोइराला र सुजाता कोइरालाका कारण आफू सभापतिमा पराजित भएको उनले बताएका छन् ।

 

 

 

उनले भने, ‘मैले मेरो भाइ र बहिनीलाई मिलाउन सकिन । पराजित भएँ । मेरो भाइ र बहिनीले वीपी कोइरालाले मेरो बुबा केशव कोइरालालाई पठाएको पत्रको मर्म बुझेनन् ।’

 

 

नेता कोइरालाले राष्ट्रिय सभाको निर्वाचनमा टिकट वितरण गर्न पार्टीको बैठक बोलाउनुपर्ने बताएका छन् । उनले घुमाउरो भाषामा राष्ट्रिय सभाको निर्वाचनमा भाग खोजेका छन् ।

 

 

प्रदेश नं। २ को अधिवेशनमा आफ्नो समूहका नेताहरूलाई बुझाउन नसक्दा विमलेन्द्र निधिको सभापतिको उम्मेदवारलाई साथ दिएको कोइरालाले बताएका छन् ।

 

 

उनले भने, ‘मैले मेरा नेताहरूलाई मनाउन सकिन । विमलेन्द्र निधिजीको सभापतिको उम्मेदवार रामसरोज यादवजीलाई समर्थन गरेका हौँ ।’

 

 

नेता कोइरालाले सभापति देउवालाई विधिसम्मत काम गर्नुपर्ने बताएका छन् ।

 

 

एमसीसीका विषयमा कोइरालाले पूरै कुरा नपढेको बताएका छन् । उनले एमसीसीलाई लिएर अगाडि बढ्दा नेपालाई नोक्सान नहुने बताए ।

नेता कोइरालाले मंगोलियाले पनि एमसीसी लिएको भन्दै नेपालले पनि एमसीसी लिनुपर्ने बताएका छन् ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: