ओलीले मलाई त टेरेनन्, अरू जनताको कुरा कसरी सुनुन् ? : अध्यक्ष नेपाल

  • 2
    Shares

सुनसरी – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरूले ‘आई लभ यु केपी बा’ भनिरहेको बताउनुभएको छ ।

 

 

 

आज आइतवार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववीयू प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै उहाँले मूर्तिलाई नढोग्नेहरूले आई लभ यु केपी बा भनिरहेको बताउनुभएको हो ।

 

 

 

उहाँले भन्नुभयाे, ‘मूर्तिलाई नढोग्नेहरू आई लभ यु केपी बा भनिरहेका छन्, व्यक्तिको देवत्वकरण भइसकेपछि यो व्यक्तिले आफूलाई देवता ठान्दछ । आजको व्यवहारले त्यो कुरा पुष्टि गरेको छ ।

 

 

 

 

दम्भी मान्छे, निरङ्कुश चरित्रको मान्छे कुनै पार्टीमा नेता भइसकेपछि पार्टी पूरै कब्जामा लिन्छ । पार्टीमा गइसकेपछि त्यो पार्टी गुटमा परिणत भयो । केपीका भजनमण्डलीको मात्रै त्यहाँ ठाउँ रह्यो ।’

 

 

 

 

अध्यक्ष नेपालले ओली १५ वर्षसम्म आफ्नो मातहतमा रहेकाले नै आफ्नो निवेदन र आग्रह नसुनेको गुनासो गर्नुभयो ।

 

 

 

उहाँले भन्नुभयो, ‘स्वतन्त्र चिन्तनहरू, आफ्नो विचार, धारणा राख्न चाहनेहरू, पार्टीको भलाइ सोच्नेहरू, समाजको परिवर्तनमा जुट्नेहरू, नेपालकाे गरिमालाई माथि उठाउन चाहने व्यक्तिहरूको त्यहाँ कुनै मूल्य रहेन । किनभने ओली सुन्ने खालका मान्छे नै होइनन् ।

 

 

 

म जस्तो मान्छेको कुरा नसुन्ने मान्छेले तपाईँहरूको कुरा सुन्ला ? १५ वर्ष मैले पार्टी हाँके महासचिव भएर, १५ वर्षसम्म मेरो मातहतमा बसे केपी ओली, मेरो कुरा त उनले टेरेनन् भने अरूको कुरा कसरी सुनुन् । बैठक बोलाइदिनुहोस् भन्ने निवेदन लिएर जाँदा उनले निवेदनमा तोक लगाइदिन्छु भने । निवेदनमा तोक लाग्छ, यो सरकारी काम हो ?’

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: