एमाले अझैँ बलियो छ, काँग्रेस एक्लैले सक्दैन : देउवा

  • 8
    Shares

काठमाडौं । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले गाउँ-गाउँमा एमाले अझै बलियो भएको भन्दै तत्काल पाँच दलीय गठबन्धनबाहिर गएर कुनै निर्णय लिन नसक्ने प्रष्ट पारेका छन् ।

 

 

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि टिकट माग्न जाने नेता कार्यकर्ताहरुलाई देउवाले गठबन्धनमा सल्लाह गरेरमात्र टिकट बाँड्ने बताउँदै गाउँमा कांग्रेसभन्दा एमाले नै बलियो रहेको बताएर पठाउने गरेका छन् ।

 

 

पछिल्लो पटक रामेछापका कांग्रेस जिल्ला सभापति कान्छाराम तामाङसहितका नेताहरु पूर्वजिल्लासभापति तथा पुराना नेता रामचन्द्र खड्कालाई वागमतीबाट राष्ट्रियसभाको टिकट माग्न बालुवाटार गएका थिए ।

उनीहरूसँग देउवाले गठबन्धन छाडेर कांग्रेसले एक्लै चुनाव लड्ने अवस्था नरहेकोको बताए । राष्ट्रियसभा निर्वाचनमात्र होइन अन्य निर्वाचनमा समेत गठबन्धनलाई मिलाएर लैजानुपर्ने आशय देउवाले व्यक्त गरेको भेटमा सहभागी एक नेताले बताए ।

 

 

उनले भने, ‘शेरबहादुर दाइले हामीलाई अहिले म केही निर्णय गर्न सक्दिनँ, गाउँ गाउँमा एमाले बलियो छ, गठबन्धन छाड्ने कुरा छैन, भोलि वागमतीको सिट हाम्रो भागमा पर्‍यो भने विचार गरौंला भनेर पठाउनुभयो । एमाले तल्लो तहमा फुटेकै छैन भन्ने उहाँको कुरा थियो ।’

 

 

 

देउवालाई भेट्न कांग्रेस जिल्ला सभापति कान्छारामसहित पूर्वसभापति रामचन्द्र खड्का, जिल्ला उपसभापति लेखबहादुर कार्की, महासमिति सदस्यहरु भरत चौलागाई, गंगा अधिकारी, अर्जुन केसीलगायतका नेता बालुवाटार पुगेका थिए ।देउवाले गठबन्धन नै चुनावसम्म जाने संकेत गर्दै कांग्रेसलाई गाउँमा बलियो बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘

 

 

 

एमाले कमजोर भएको छैन, पहिले कांग्रेसलाई गाउँमा बलियो बनाउँ अनि एक्लै लड्ने कुरा गरौं’ देउवाको भनाइ उदृत गर्दै ती नेताले भने । उवालाई सभापतिमा जितेपछि बधाई दिन भनेर गएको कांग्रेस रामेछापको टोलीले खड्कालाई टिकट मागेको हो । भेटपछि कांग्रेस नेताहरु जिल्ला कार्यसमिति बैठक बस्न शनिवार रामेछापको टोकरपुर पुगेका थिए ।

यो पनि पढ्नुहोस..लमजुङ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनावसम्म नटुट्ने बताएका छन् ।

 

 

 

लमजुङको सदरमुकाम बेसीशहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । नेपालले भने, ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जानेछौं ।’

 

 

यही गठबन्धनले स्थानीय ,प्रदेश र केन्द्रीय तहसम्मको निर्वाचनमा पनि यो गठबन्धन सँगै हुनेछ । नेता नेपालले एकीकृत समाजवादी पार्टी सेवाभावले ओतप्रोत भएका नेता कार्यकर्ताहरूको पार्टी भएको दाबी गरे ।

 

 

उनले लुटेरा, भ्रष्टाचारी, अनैतिक क्रियाकलापमा रमाउनेहरू आफ्नो पार्टीमा नअटाउने भन्दै इमानदार व्यक्तिहरूलाई मात्रै पार्टीमा स्वागत गर्ने बताए । नेकपा एमाले अध्यक्ष केपी वलीलाई इङकित गर्दै नेता नेपालले लोकतन्त्र प्राप्त भइसकेको अवस्थामा अव तानासाही र निरंकुशवालाहरूको दिन गएको उल्लेख गरे ।

 

 

अध्यक्ष नेपालले जनतालाई सुखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढेको बताए ।

 

 

उनले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढ्ने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुट्न पनि नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: