कांग्रेस महामन्त्री गगन थापाले एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित दुई सयलाई पार्टी प्रवेश गराए,,

  • 67
    Shares

अर्घाखाँची – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई पार्टी प्रवेश गराएका छन् ।

 

 

सोमबार काठमाडौंबाट हेलिकोप्टरमा अर्घाखाँची पुगेका थापाले गाउँपालिका गौतमसहित करिब दुई सयजनालाई कांग्रेस प्रवेश गराएका हुन् ।

 

 

पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरु पुष्पा भुसाल, सञ्जय गौतम, युवानेता डिल्लीराम सुवेदीलगायतका नेताहरु कार्यक्रममा सहभागी रहेको कांग्रेस अर्घाखाँचीका नेता डा.इन्द्रमणि पौडेलले जानकारी दिए ।

 

 

कांग्रेस महामन्त्री थापा सहभागी कार्यक्रममा हजारौंको उपस्थिति रहेको बताइएको छ ।

भर्खरै

सम्बन्धित समाचार

error: