अर्घाखाँची पुगेका कांग्रेस महामन्त्री थापाले भने, चुनावसम्म १५ लाखलाई पार्टी प्रवेश गराउँछौँ

  • 977
    Shares

अर्घाखाँची – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधि सभाको निर्वाचनसम्ममा १५ लाख जनालाई पार्टी प्रवेश गराउने घोषणा गरेका छन् ।

 

 

कांग्रेस पाणिनी गाउँ समितिले सोमबार दुर्गाफाँटमा आयोजना गरेको आमसभामा थापाले १५ लाखलाई पार्टी प्रवेश गराउने क्रम अर्घाखाँचीबाटै शुरु भएको समेत बताएका हुन् ।

 

 

आज मात्र पाँच सय जना कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ,’ नेता थापाले भने, ‘अब १४ लाख ९९ हजार पाँच सय जनालाई पार्टी प्रवेश गराउनुछ । त्यो पनि ७–८ महिनामा ।’

नेता थापाले प्रत्येक क्रियाशील सदस्यले कम्तीमा एक जना नयाँ व्यक्तिलाई पार्टी प्रवेश गराउन सके यो लक्ष्य सजिलै पूरा हुने बताए । कार्यक्रममा फर्कनासाथ यो अभियानमा जोडिन नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गरेका छन् ।

आज नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्षलाई पार्टी प्रवेश गराएका हुन् । उनी पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम हुन् । उनीसँगै पाँच सय जना कांग्रसमा प्रवेश गरेका हुन् । कांग्रेसको १४ औं महाधिवेशन सकिएपछि विभिन्न पार्टी त्यागेर कांग्रेस प्रवेश गर्नेको लहर बढेर गएको छ ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: