राजावादीहरू रोडमा कराएर केही हुँदैन राजतन्त्र कुहिएर सिनो भईसको त्यसलाई पुनर्जन्म गराउन मिल्दैन: बाबुराम भट्टराई

  • 1K
    Shares

इलाम । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजावादीहरु कराएर केही नहुने टिप्पणी गरेका छन् ।

 

इलाम सदरमुकाममा भएको पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा भट्टराईले राजतन्त्र नफर्कने भन्दै भने ‘राजावादीहरू ट्याउट्याउ गरेर केही हुँदैन ।’ मुलुककमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको भन्दै एकतन्त्रीय शासनको कल्पना गर्न नसकिने डा. भट्टराईको भनाइ छ ।

 

 

उनले दुई तिहाइ जनमतको सरकार आफ्नै कुबुद्धिले घर न घाटको भएको प्रतिक्रिया दिएका छन् ।

 

 

जनताले विश्वास गरेर मत हालेको भएपनि केपी ओलीले जनताबाट निर्माण भएको संविधान मार्न खोज्दा आफैं सत्ताबाट बाहिरिनुपरेको उनले बताए । ओलीले भ्रष्टाचारको पहाड र कुशासनको शिखर निर्माण गरेको आरोप भट्टराईले लगाए ।

 

 

पूर्व प्रधानमन्त्री भट्टराईले २०७२ सालमा बनेको संविधानले पनि जनताले चाहेको सबै परिवर्तनलाई संस्थागत गर्न नसकेको तर्क गरे ।

 

 

‘संसारमा कुनै पनि परिवर्तन एक्कै झड्कामा पूरा हुँदैन, समय सापेक्ष ढंगले परिवर्तन हुँदै जान्छ’, उनले भने, ‘बाँकी काम पूरा गर्न नथाकेका, नहारेका जिउँदा मान्छेहर फेरि अगाडी आउनुपर्छ ।’

 

 

 

यो पनि पढ्नुहोस ..काठमाडौं- नेकपा (माओवादी केन्द्र) को महाधिवेशन सकिएको छ । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा पारेका नेताहरूको नाम सार्वजनिक गरेर हलले सहमति जनाएपछि महाधिवेशन सकिएको हो ।केन्द्रीय सदस्य चयनमा भने अपारदर्शी देखिएको भन्दै माओवादीमै आलोचना सुरू भएको छ ।

 

 

 

जनयुध्दकालीन पुराना नेताहरुलाई पाखा पारिएको छ भने कुनै परिवारबाट चार जनासम्म केन्द्रीय सदस्य बनाइएको छ।महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको २३६ जना केन्द्रीय सदस्यको सूचीमा कतिपय कनिष्ठ नेताहरुले ठाउँ पाउँदा पुरानाहरू भने फालिएका हुन् ।

 

 

प्रभावशाली नेताकै परिवारका चार जनासम्म केन्द्रीय कमिटीमा अटाउँदा लामो समय माओवादी आन्दोलनमा लागेका र इमान्दार छवि बनाएका दर्जनौँ नेता समेटिएनन् ।

सबै हिसाबले केन्द्रीय सदस्य बन्ने योग्यता पुगेका रसुवाका इन्द्र गौतम जगतजंग,भक्तपुरका देवेन्द्र श्रेष्ठ, काभ्रेका सूर्यमान दोङ,सप्तरीका शिवकुमार यादवलगायतका नेताहरु अध्यक्षको सूचीमा नपर्दा कनिष्ठ भएर पनि वर्षमान पुनकी बहिनी सुशीला पुनलगायत कतिपय कनिष्ठहरू भने परेका छन् ।

 

प्रचण्डको सूचीमा नपरेका श्रेष्ठ जनयुध्दमा माओवादीले वैज्ञानिक घोषणा गरेका युवा नेता हुन् । उनी यसअघि नै माओवादीको पोलिटब्युरो सदस्य थिए ।

 

 

माओवादी जनयुध्दका बेला केन्द्रीय सफ्टवेयर विभाग प्रमुख भएर उनले युद्धलाई आवश्यक हातहतियार,सञ्चार सेट, माओवादीले सन्चालन गरेको रेडियो निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए । श्रेष्ठ बेपत्ता परिवारका सदस्य पनि हुन् । जनयुद्धमा लागेर उनको परिवारबाट मात्रै तीन जना बेपत्ता भएका छन् ।

 

 

प्रभावशाली नेताका घरमै चार जनासम्म केन्द्रीय सदस्य हुँदा रसुवा र काभ्रे भने नील भएको छ । रसुवाबाट जगतजंग केन्द्रीय सदस्यको स्वभाविक दावेदार थिए ।

 

तर, उनलाई समेट्दा आयोजकबाट चार जना हटाउनुपर्ने बाध्यता देखाएर पाखा पारियो । जबकि वर्षमान पुनकी बहिनी सुशीला पुनलाई भने प्रचण्डको सूचीमा चलाखीपूर्ण ढंगले घुसाएको आरोप छ । जगजतजंग यसअघि नै केन्द्रीय सदस्य बनिसकेका नेता हुन् ।

 

 

जनयुद्धकै बेला रसुवा,नुवाकोट र धादिङको इञ्चार्ज भैसकेका उनी अहिले पनि रसुवाको इञ्चार्ज छन् । कहिल्यै पनि लाभको पदमा नपुगेका उनी इमान्दार र त्यागी नेताका रुपमा जिल्लामा लोकप्रिय छन्।त्यस्तै,काभ्रेका दोङ पनि फालिएका छन् ।

मन्त्रीसमेत भैसकेका उनी पनि जनयुद्धकालीन पुराना नेता हुन् । प्रचण्डको सूचीमा नपरेका शिवराम यादव पनि मधेसमा परिचित नाम हो । उनी संविधानसभा सदस्य पनि हुन् ।

 

 

एमालेसँग पार्टी एकता गर्दा ठूला नेता भएका जिल्लामा १८ जनासम्म केन्द्रीय सदस्य बनाइएको र अहिले तिनैलाई व्यवस्थापन गर्नुपर्ने अप्ठेराका कारण प्रचण्डको चाहनाका बाबजुद उनीहरु पाखा परेको बताइन्छ ।

 

श्रेष्ठ,गौतम, दोङलगायतका थुप्रै नेतालाई एमालेसँगको एकतापछि केन्द्रीय सदस्यबाट हटाइएको थियो । त्यतिबेला पनि कतै जिल्ला नै खालि हुने र कहीं डेढ दर्जनलाई केन्द्रीय सदस्य बनाइएको भन्दै आलोचना भएको थियो ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: