एमसीसी प्रधानमन्त्री शेरबहादुर देउवाले नै पढेका छैनन्ः डा. सुरेन्द्र केसी

काठमाडौं। राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले नै अमेरिकी सहायता परियोजना एमसीसी नपढेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै विश्लेषक डा। केसीले भने, “अमेरिकाले एमसीसीमा नांगो जिद्दी गरिरहेको छ ।

यसले हाम्रो नेतृत्वमा रहेको अपरिपक्वता र अपारदर्शिता रहेको देखाउँछ । यिनीहरुले मुलुकलाई कहिल्यै सार्थक र परिणाममुखी नेतृत्व दिन सकेनन् । एमसीसी, अरुण(३, टनकपुर, महाकाली, अपर कर्णाली ल्याउने नेताहरु, त्यसको घानमा हामी नेपालीलाई हालिदिए ।”

एमसीसीमा प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईको दोष रहेको उनले औंल्याए । उनले थपे, “हामी अंग्रेजी भाषाको डकुमेन्ट बुझ्दैनौं । नेपाली अनुवादको पनि एकएक अंगप्रत्यंग केलाउन सक्दैनौं ।

यो विवादमा आयो । यसमा पढ्ने नपढ्ने जनता जिम्मेवार छैनन् । यो शेरबहादुरले गरेको सम्झौता होइन प्रचण्ड, बाबुरामहरुले गरेका हुन् ।” उनले थपे, “त्यो कागज शेरबहादुर देउवाले बिलकुलै पढेका छैनन् ।

उनको तर्फबाट सही गरेका ज्ञानेन्द्रबहादुर कार्कीले पनि बुझेका रहेनछन् । केपी ओलीले कागजको पाना पल्टाउँदै एमसीसी भन्ने बस्तु त मैले कहीँ पनि देखिनँ, कतै पनि परेको छैन भनेर व्यंग्य गरेका थिए ।

देउवा र प्रचण्डहरु विवाद गर्ने अनि ऋषि धमलालाई हकार्ने रु एमीसी देव गुरुङ, लीलामणि पोखरेलहरुका पार्टीले गरेको होइन रु वर्षमान पुनले अर्थमन्त्री हुँदा ‘लौ चाहियो हजुर’ भनेर अमेरिकालाई चारवटा चिठी लेखेका होइनन् ?”

राजनीतिक विश्लेषक डा। केसीले कोभिड १९ ले विश्वलाई मिलेर बस्न सिकाएको पाठ नेपालका दलहरुले बिर्सेको टिप्पणी गरे । उनले भने, “कोभिड(१९ एक देश, एक धर्म, एक जातिलाई मात्र आएन ।

सिंगो मानव सभ्यतामाथि आयो । यसले सिकाएको सन्देश के हो भने सबै मिलेर बस्नुपर्छ । हरेक मुद्दामा विवाद बढाउँदै जाने हो भने हामी कसरी एउटै घर या विश्वमा बस्न सक्छौं ?”

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: