माओवादी हैन अव परिवार पार्टी भनेर चिनीन्छ नेपालमा माओवादी पाटीलाई: गोकुल बाँस्कोटा

  • 119
    Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको वन्दसत्रमा आईतवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्ने वित्तिकै नेकपा एमालेका नेता गोकुल वास्कोटाले ट्वीट गर्दै माओवादी केन्द्र पारिवारीक पार्टी भएको टिप्पणी गरे ।

 

 

उनले लेखे– ‘दाई +भाईंबा + छोरीं+ससुरां+बुहारी + मनोनीत हुन बाँकी ज्वांई . परिवार पार्टी पनि देखियो नेपालआँ१’ उनको आसय प्रचण्डले पार्टीका होनहार नेतालाई भन्दा परिवारका सदस्यलाई पार्टीमा पहिलो प्राथमिक्ता दिएको भन्ने प्रष्ट छ।

भयो पनि त्यस्तै। प्रचण्डले आफना भाई, छोरी लगायत सवैलाई केन्द्रीय कमिटीमा समेट्दा जनयुद्धमा मरिसकेका तर भाग्यले वाँचेकाहरुलाई पनि वेवास्ता गरे।

 

 

उनको केन्द्रीय कमिटी सदस्यको लिष्ट हेर्दा लाग्छ, प्रचण्डले क्रान्तिकारी र पार्टीका लागि मरिमेट्नेलाई विर्सिसके। माओवादी पार्टीकै नेता कार्यकर्ताको भाषामा भन्दा– पार्टीनै दलालहरुको चङ्गुलमा फसेको आभास भएको छ। लामो समयदेखी माओवादीमा रहेका वलराम यादव भन्छन्–‘केन्द्रीय समितीमा योग्य ब्यक्तिलाई पाखा लगाउनु दुखद मात्र नभई पार्टी नै दलालहरुको चङ्गुलमा फस्यो।’

माओवादी जनयुद्धताका चर्चित नेताहरु कञ्चन खनाल, उमेशकुमार यादवलगायत कयौं ब्यक्ति प्रचण्डको नजरमा परेनन् । भूमीगत जीवनमा आफनो ज्यानको समेत वास्ता नगरेका यस्ता नेतालाई पाखा लगाएर प्रचण्डले आफनो परिवार, नाता, छिमेकी र चाकरी गर्नेहरुलाई प्राथमिक्तामा राखेको पार्टीका नेता कार्यकर्ताहरु वताउँछन् ।

 

 

महिलाहरु चुल्हो चौकामा सीमित भईरहेका वेला महिला छापामार बनेर मृत्यु वा मुक्तिको नारासहित युद्धमा होमीने मध्ये एक थिईन –कञ्चन खनाल ।

 

 

भूमीगत जीवन र जेलनेल भोगेकी कञ्चन जनयुद्धकालीन विद्यार्थी संगठनमा सबैभन्दा शीर्ष तहमा पुग्ने एकमात्र नेतृ हुन् । संघर्षको भट्टीमा होमिएकी कञ्चनले युद्धमा भौतिक संघर्षमात्र गरिनन्, जीबनसाथी गुमाउदाको अपार पीडा पनि खेपिन् । युद्धकालमा संघर्षको प्रतिकका रुपमा स्थापित कञ्चन शान्ति प्रक्रियामा आएसँगै ओझेल परिन् ।

 

 

पार्टीमा उनको योगदान उच्च छ। क्रान्तिकारीको आफु केन्द्रीय उपाध्यक्ष हुँदा निर्बतबान अध्यक्ष रंजित तामाङलाई कंचनले जिल्ला कमिटीको अध्यक्ष बनाएकी हुन। प्रचण्डकी बुहारी बीना मगर कंचन उपाध्यक्ष हुँदा उनीभन्दा कनिष्ठ सदस्य थिइन । रमेश मल्ल कोषाध्यक्ष मात्र थिए ।

यतिमात्रै होईन, जनयुद्धमा जनाधार नभएकाले खतरनाक ठानिएको पूर्वी कमान्ड सम्हाल्ने उनै थिइन ।

 

 

अहिले केन्द्रीय समितिमा तानिएका युबा नेता मध्ये धेरैजसो कन्चन केन्द्रमा हुँदा प्रारम्भिक कमिटीमा काम गरेका मात्र छन् । कन्चन सहिद परिवारकी सदस्य पनि हुन । तर, उनी प्रचण्डको नजरमा परिनन् ।

 

 

स्रोतका अनुसार प्रचण्डकी वुहारी-प्रकाश पत्नि सृजना त्रिपाठीलाई अन्याय भएको भनि धारणा राख्नु र रेणु दाहालका लागि भोलिका दिनमा तघारो बन्न सक्ने देखिनु नै कञ्चनका लागि दुर्भाग्य सावित भएको छ।

 

उनी महाधीबेशनमा समेत सृजनासँगै बसेकी थिइन। जस्लाई धेरैले आफनै खुट्टामा बन्चरो किन हानेको भनि उनलाई कटाक्ष गरेको सुनिन्थ्यो । प्रदेश मन्त्रीको लिस्टबाट अन्तिममा हटाइएकी उनलाई विद्यार्थी राजनीतिमा उदाहरणीय नेतृका रुपमा चिनिन्छ।

 

 

यसैगरी, प्रचण्डले मर्न जा, भन्दा पनि तयार हुने सप्तरीका क्रान्तिकारी नेता उमेशकुमार यादव पनि केन्द्रीय समितीमा छुटे। उनी तिनै ब्यक्ति हुन जस्ते प्रचण्डकै निर्णय कार्यान्वयन गर्ने क्रममा संसद भित्र कुर्षि भाँचे तर त्यसको सम्पुर्ण अपजस आफुले लिए। उनले नेता मातृका यादवका कारण प्रचण्डले अघि वढाउन नसकेको पाटीका नेता कार्यकर्ताहरु वताउँछन् ।

मधेश आन्दोलनका क्रममा जनाधार खस्किने भएपछि उनलाई मन्त्री वनाएर पार्टीको साख वचाएका प्रचण्डले त्यसपछि हरेक क्षेत्रमा उमेशलाई पाखा लगाउँदै आएका छन् । तर, मातृका यादवको समुहमा भएका नेताहरुलाई भने प्रचण्डले दायाँ वाँयाँ राखेर हिडिरहेको नेताहरुकै भनाई छ।

भर्खरै

सम्बन्धित समाचार

error: