प्रचण्ड पार्टि र सिंगो देशको अभिभावक हुन : देव गुरुङ

  • 3
    Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पुष्पकमल दाहाल प्रचण्ड पार्टी र देशकै अभिभावका रूपमा रहेकाले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताउनुभएको छ ।

 

नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकाले पार्टी अध्यक्ष प्रचण्डलाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताउनुभएको हो ।

 

उहाँले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकाले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताउनुभयो ।

 

आज बुधवार हामीसँगको कुराकानीमा नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरूको बारेमा टुङ्गो लगाउने पनि जानकारी दिनुभयो ।

 

उहाँले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकाले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

 

नेता गुरुङले भन्नुभयो, ‘पार्टी निर्माणको प्रक्रियामा आन्दोलनको आवश्यकताअनुसार, परिस्थितिअनुसार कहिले एकल पदको अभ्यास, कहिले बहुपदको अभ्यास गर्दै जानुपर्छ भन्ने नै हो ।

 

नेतृत्वको सन्दर्भमा अहिलेसम्मको आन्दोलनको प्रक्रियाबाट हेर्दा, जनयुद्धको अघिदेखि जनयुद्धको १० वर्ष शान्ति प्रक्रियालगायतमा उहाँको नेतृत्वले देशकै निम्ति एउटा अभिभावक जस्तो, संरक्षक जस्तो भूमिका दिएको छ ।

 

र अहिले पनि उहाँकै नेतृत्व हुनु स्वाभाविक कुरा हो । अरू नेतृत्वको टिम बनाउने सन्दर्भमा पनि सामूहिक अभिव्यक्तिको केन्द्रीकृत अभिव्यक्ति अध्यक्षबाट नै हुने भएकाले उहाँले नै टिम बनाउने कुरा हो । कस्तो टिम बनाएर जाँदा उपयुक्त हुन्छ भन्ने कुरा उहाँले नै बनाउने कुरा हो ।

 

पार्टी कमिटीमा छलफल गरेर, पार्टी कमिटीले निर्णय गर्ने विषय हो । सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्छ भन्ने क्रममा ढिला भएको हुनुपर्छ ।

 

पदाधिकारी गठनको सन्दर्भमा स्थायी कमिटीकै सदस्य वर्षरहनुभएकाले उहाँले म नफर्कँदासम्म पदाधिकारी नबनाइयोस्, मेरो पनि दाबी–विरोध रहन्छ भन्ने प्रकारको कुरा रहेकाले सायद केही समय कुर्ने भन्ने रूपमा गएको हुनसक्छ । मलाई लाग्छ २५ गते बैठक बस्ने भनिएको छ, त्यसमा टुङ्गोमा पुगिएला भन्ने लाग्छ ।’

 

नेता गुरुङले वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) को महासचिवमा दाबेदारी आइरहेकाले सहमतिमा लैजाने प्रयास भइरहेको बताउनुभयो । उहाँले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरूबाट सहमतिमा जाने कुरा चलेकाले महासचिवमा आफ्नो नाममा प्रस्ताव आएको पनि बताउनुभयो ।

 

नेता गुरुङले आफूले अहिलेसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

 

नेता गुरुङले पार्टीका पदाधिकारीका लागि चुनाव गरिनु नहुने भन्दै पदाधिकारीहरू सहमतिमै चयन गर्न आग्रह गर्नुभयो । उहाँले पदाधिकारीका लागि गरिएको चुनावले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितिमा पुग्ने दाबी गर्नुभयो ।मानजी उपचारमा नै

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: