नेपाली पैसामा रास्ट्रपिता पृथ्वीनारायण शाहको फोटो राखियोस : रबिन्द्र मिश्र

  • 7.2K
    Shares

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले नेपाली रुपैयाँमा राजाको फोटो राख्न माग राखेको छ ।

 

सो पार्टीले पृथ्वीनारायण शाहको फोटो राख्न र सरकारी कार्यालयमा पनि उनको फोटो टाँस्न माग गरेको छ।

 

पुस २७ गते बनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन पनि माग गरेको छ।

 

‘संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गर्दछ, जुन स्थायी हुन्छ।

 

नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो’, विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

विवेकशील साझाले संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित नहुने तर, तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त नहुने बताएको छ।

 

‘उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ’, विज्ञप्तिमा भनिएको छ।

 

विवेकशील साझाले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिन पनि माग गरेको छ। अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय रहेको उसको भनाइ छ।

 

‘नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्वीर अंकित गरियोस् र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्वीर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि दोहोर्‍याउन चाहन्छौँ’, पाठकले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

 

पृथ्वी जयन्तीको अवसर पारेर विवेकशील साझा पार्टीले पुस २७ गतेदेखि ‘मेची९महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्दैछ। उक्त यात्रा माघ १६ गते सहिद दिवसका दिन अन्त्य हुने बताइएको छ।

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: