बालुवाटार जग्गा का ण्डमा पक्राउ पर्ने डरले दिप बस्न्यात क्यानडा फरार भए,,

  • 371
    Shares

बालुवाटारस्थित ललिता निवासको २ सय ९९ रोपनी सरकारी जग्गा किर्ते ठगी प्रकरणमा मुछिएका पूर्व अख्तियार प्रमुख आयुक्त दिप बस्न्यात फरार भएको पाइएको छ ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएसँगै बस्न्यात देश छोडेर भागेको उच्च स्रोतले बताएको छ ।

तत्कालिन भौतिक योजना मन्त्रालयका सचिव रहेका बस्नेत जग्गा किर्ते तथा ठगी प्रकरणमा मुछिएका प्रमुख पात्र हुन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा समेत मुद्दा चलाएको थियो ।

ललिता निवास ठगी प्रकरणका मुख्य योजनाकार सिआइबीले रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीलाई पक्राउ गरेसँगै बस्नेत नेपालबाट ‘फरार भएका हुन् ।

उच्च स्रोतका अनुसार उनी यतिबेला भारतमा लुकेका छन् । भारत हुँदै क्यानडामा रहेको आफ्नो घरमा भाग्ने तयारीमा बस्न्यात रहेको उच्च स्रोतले बताएको छ ।

सिआइबीले ललिता निवास सरकारी जग्गा ठगी प्रकरणमा ३ सय जना भन्दा बढी विरुद्ध पक्राउ पूर्जी अनुमति पाएको छ ।

४ सय जनाभन्दा बढीलाई मुद्दा चलाउने तयारी सिआयबीको छ ।

सिआइबी स्रोतका अनुसार जग्गा किनबेच धन्दामा समलग्न सबैलाई सिआइबीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउनेछ ।

यो पनि हेर्नुहोस,

हुप्सेकोटका पहिरोपीडित भन्छन्- ‘राति शीत चुहिँदा सुत्नै सकिन्न’

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका–५ का पहिरापीडित चिसो मौसममा पालमुनि बसेर रात काट्न बाध्य छन् । गत साउनमा बाखखोर गाउँ पहिराको जोखिममा परेपछि उनीहरुलाई प्रहरीले उद्धार गरी हुप्सेकोटको बेलुवास्थित विद्यालयमा राखेको थियो ।

करिब तीन महिना विद्यालयमा बिताएका १८ परिवारको अहिले बिचल्ली भएको छ । विद्यालयमा पढाइ सुरु भएसँगै बेलुवास्थित खोला छेउको बसपार्क निर्माणस्थलमा टेन्टको टहरामा बसेको तीन महिना पुग्न थालेको छ ।

पहिराले गाउँ नै चिरा पर्न थालेपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो । पहिराबाट विस्थापित तीन परिवार अझै नजिकैको विद्यालयमा तथा दुई परिवार वडा नं १ कार्यालय परिसरमा बस्दै आएका छन् ।

 

 

पहिराले गाउँ नै चिरा पर्न थालेपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो । पहिराबाट विस्थापित तीन परिवार अझै नजिकैको विद्यालयमा तथा दुई परिवार वडा नं १ कार्यालय परिसरमा बस्दै आएका छन् ।

तेह्र परिवार भने पालमुनि बस्दै आएका छन् । पीडित परिवारको पीडा खपिनसक्नुको छ । पालमुनि बसेर पहिरापीडित अठार परिवारका १२८ जनाले पुसको चिसो सिरेटो र शीतलहरको सास्ती झेलिरहेका छन् ।

६ रोपनी जग्गा र घर भएका तमबहादुर रानाको बास हाल पालमुनि छ । उहाँको परिवारका आठ सदस्य अहिले सानो पालमुनि अटाएका छन् ।

उहाँसँग अन्य विकल्प छैन । “घर भत्किएको छ, जोत्ने जमिनमा धाँजा फाटेको छ, यहाँ रात काट्न ग्राहो भएको छ”, तमबहादुरले भन्नुभयो, “राति शीत चुहिँदा सुत्नै सकिन्न, हामीसँग विकल्प छैन ।”

चिसो मौसममा पालमुनि बास बस्नु पीडादायी भएको मीनबहादुर सोमैले गुनासो गर्नुभयो । बालबच्चासहित एउटै पालमा रात काट्नुपर्ने अवस्था छ । चिसोका कारण बालबालिका बिरामी पर्लान् कि भन्ने उहाँलाई चिन्ता छ ।

“चिसो छ, बालबच्चा बिरामी पर्लान् कि भन्ने पीर, एउटै टेन्टभित्र बस्नुपरेको छ, योभन्दा पीडा र दुःख केही हुन्छ र ?”, उहाँले भन्नुभयो, “कहिले टेन्टको बासबाट मुक्ति पाइएला खै रु”

पहिराबाट विस्थापितलाई दैनिक छाक टार्न मुस्किल भएको छ । राहतका भरमा चुलो बलेको छ । “काम गरौँ खेत छैन, यहाँ अरु काम पाइँदैन, दैनिक गुजारा चलाउन मुस्किल भएको छ”, ३२ वर्षीय पे्रमबहादुर बाह्रघरेले भन्नुभयो ।

गाउँमा केही गर्छु भनेर बाख्रापालन सुरु गर्नुभएका उहाँले पहिराका कारण ५० बाख्रा पनि सस्तोमै बिक्री गर्नुभयो । “केही गर्छु भनेर बाख्रापालन सुरु गरेँ, गाउँ नै छाड्नुपरेपछि बिचल्ली भयो”, उहाँले भन्नुभयो, “अहिले यहाँ एउटा कुखुरा पाल्ने ठाउँ छैन, के गरी गुजारा चलाउने ?”

पहिरापीडित परिवारलाई जुकेपानीस्थित शिवालय सामुदायिक वनसँग जोडिएको सार्वजनिक जग्गामा टिनको अस्थायी टहरा निर्माण गरेर व्यवस्थापन गर्न काम सुरु गरिएको छ ।

पहिराबाट पीडितको व्यवस्थापनका लागि टहरो निर्माणको काम चलिरहेको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले बताउनुभयो । जाडो मौसम सुरु हुनुपूर्व नै सार्ने भनिएको भए पनि विविध कारणले ढिला भएको उहाँले बताउनुभयो ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: