काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले आफूहरूलाई बेवास्ता गरेर पार्टी सञ्चालन गर्न नसक्ने बताएका छन् ।
केन्द्रीय समितिमा मनोनयनदेखि राष्ट्रियसभाका उम्मेदवार तयलगायतका विषयमा सभापति देउवा एक्लै अघि बढेको भन्दै महामन्त्री थापाले आफ्नो समूहलाई गरिएको बेवास्ता अब मान्य नहुने बताएका हुन् ।
बुधबार आफ्नो समूहको भेलालाई सम्बोधन गर्दै थापाले भने,ुहामी भाग खोज्दैनौं । तर, ४० प्रतिशत मत ल्याएको शक्तिलाई इग्नोर गरेर पार्टी चल्न सक्दैन ।
हामी सभापतिलाई सहयोग गर्छौं तर हामीलाई इग्नोर गरे, त्यो सैह्य हुँदैन ।
विधिसम्मत पार्टी चलोस् भन्ने हाम्रो चाहना हो ।’
महामन्त्री थापाले अप्ठ्यारो अवस्थामा भएको
महाअधिवेशनमा पनि शेखर कोइराला समूहको नैतिक रूपमा जित भएको बताए ।