काठमाडौँ
नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिनासर्त कुनै पनि सहायता नपाइने बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जुनसुकै देश वा दाताले दिने सहायतामा सर्त हुने गरेको बताएका हुन् ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले एमसीसीका सन्दर्भमा सोधिएको प्रश्नमा सहायता र ऋणमा पनि सर्त हुने बताए । उनले भने, ‘कतिपयले नबुझेर टीकाटिप्पणी गरेका छन्, सहायता र ऋण बिनासर्त आउँदैन ।
अन्य विभिन्न देशबाट ऋण र अनुदान लिँदा सम्बन्धित ठेकेदारलाई ठेक्का दिने गरी लिने गरेको उनको भनाइ छ । पूर्वअर्थमन्त्री पाण्डेले सहायता प्राप्त गर्ने विधि थाहा नहुँदा धेरैलाई बिनासर्त आउँछ भन्ने भान परेको बताए ।
एमसीसीमा पनि सर्त रहेको भन्दै उनले ती सर्त देशको हितमा छ भने मान्न पर्ने र हितमा छैनन् भने मान्न नहुने बताए । एमसीसीको विषयमा टिप्पणी गर्दै उनले रकम ठूलो कुरा नभए पनि यो राजनीतिक सम्बन्धमा गयो भने गम्भीर समस्या ल्याउन सक्ने बताए ।
अमेरिकासँगको सम्बन्ध अरुको जस्तो थप जटिल बनिदियो भने भविष्यमा वैदेशिक सहायता वा ऋणको पक्ष कमजोर बनेर जान सक्ने उनको चिन्ता थियो । यस्तो परिस्थितिमा बुद्धिमत्तापूर्ण ढंगले समस्याको सम्बोधन गर्नुपर्ने पाण्डेको भनाइ छ ।
यद्यपि सरकारले जिम्मेवार बनेर काम गर्न नखोजेको उनको आरोप छ । देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासँगै अर्थतन्त्रमा जटिल समस्या देखिएको भन्दै उनले यसको समाधान निर्वाचन नै भएको दाबी गरे ।
पत्रकार सम्मेलनमा पाण्डेले नेकपा (एमाले) भित्रको आन्तरिक व्यवस्थापन, जिल्लामा भएका विकास निर्माण बारेमा प्रकाश पारेका थिए ।
धेरै प्रयास गर्दा पनि प्रचण्डले एमसीसी पास गर्नै दिएनन : केपी शर्मा वली
काठमाडौं
पुर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा वलीले अमेरिकन प्रोजेक्ट एमसीसी प्रचण्डले पास गर्न नदिएको बताएका छन ।
वलीले प्रधानमन्त्री भएको बेला संसद बाटै एमसीसी पास गर्नको लागि पटकपटक प्रयास गरेका थिए तर प्रचण्ड लगायत तत्कालीन नेकपाका केही नेताहरुले असहमत जनाएको कारण उनि सफल हुन सकेनन ।
वलीले खुल्ला अन्तर्वार्तामा समेत पटकपटक प्रचण्डले एमसीसी पास गर्न रोकेको प्रतिक्रिया दिदै आएका छन । एमसीसी देशको लागि राम्रो भएको र संसद बाटै पास गर्नुपर्छ भन्ने वलीले स्पष्ट अडान राख्दै आएका छन ।
एमसीसी पास गर्न नदिएको कारण वली-प्रचण्डको सम्बन्धमा फाटो आएको थियो जसले गर्दा नेकपा बिभाजन देखि सत्ता परिवर्तन पनि भएको छ । एमसीसी पास गर्नको लागि जस्तोसुकै कदम चाल्न पनि तयार भएका वली अन्ततः नेकपा भित्र अल्पमतमा परे । वलीलाई प्रधानमन्त्री बाट हटाउने गृहकार्य भैरहेको बेला उनले प्रतिनिधि सभा विघटन गरे भने नेकपा पनि बिभाजन भयो ।
अन्ततः एमसीसी लगायत धेरै कुरामा चुकेका वलीलाई एमालेकै माधव समूह लगायत अन्य राजनैतिक दलहरु एक भएर प्रधानमन्त्री बाट पनि समेत हटाए । यसरी प्रचण्डले एमसीसी पास गर्न नदिएको कारण वली पाटीमा अल्पमतमा परे भने त्यसपछि विभिन्न चरणमा गल्ती गर्दै जाँदा प्रधानमन्त्री पद समेत गुमाउनु पर्यो ।
एमसीसीको कारण नै केपी-प्रचण्ड सम्बन्धमा फाटो आएको भन्ने कुरा सबैलाई छर्लङ्ग छ । एमसीसी रोकेकै कारण प्रत्येक कार्यक्रममा वलीले प्रचण्डको आलोचना गरेको देखिन्छ ।
यद्यपि एमसीसी सम्झौता भित्रका बुद्दाहरु नेपालको कानुन संग बाझिने भएकोले सारा नेपाली प्रचण्डको पक्षमा उभिएका छन । जस्ताको तस्तै एमसी पास गर्न नसकिने भन्ने कुरामा प्रचण्डले बारम्बार सबैलाई अनुरोध गरेका छन ।
काङ्ग्रेस र एमाले केपी समूह एमसीसी संसद बाटै पास गराउनको लागि पनि पहिले देखि नै गृहकार्य गरिरहेको छन ।
एमसीसी पास गर्न प्रचण्ड त के भगवानले पनि रोक्न सक्दैनन : केपी शर्मा वली
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले एमसीसी पास गर्नको लागि जुनसुकै कदम चाल्न सकिने बताएका छग ।
अमेरिकी प्रोजेक्ट एमसीसी सम्झौता भित्रका केही बुद्दाहरु नेपालको कानुन संग बाझिने भएकोले धेरै नेपालीले यसको समर्थन गरेका छैनन । कानुनका ज्ञाताहरुको पनि असहत छ ।
नागरिक बाट स्विकार नभएको र साँच्चै नेपालको कानुन संग प्रत्येक्ष प्रभाव पार्ने एमसीसी सम्झौता भने केही राजनैतिक दल र नेताहरु यसलाई जसरी हुन्छ संसद बाट पास गर्न लागेका छन ।
पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली यो सम्झौता पास गर्नको लागि जस्तोसुकै कदम चाल्न सक्ने बताएका छन । उनले एक टेलिभिजन अन्तर्वार्ता मै खुलेर एमसीसीको पक्षमा रहेको जानकारी गराएका छन ।
उनले एकीकृत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्दा एमसीसी पास गुन नसकेको पनि प्रष्ट पारेका छन । प्रचण्डले सहयोग नगरेपनी यो सम्झौता छिटोभन्दा छिटो पास गर्न आफू लाग्ने बताएका हुन ।
उनको यो पहिलो घोषण भने होइन किनकी प्रधानमन्त्री हुँदा संसदको रोष्टम बाटै एमसीसीको पक्षमा सबै एक हुन आह्वान समेत गरेका थिए । उनले महाकाली सन्धी गर्दा पनि धेरै संघर्ष गरेको र एमसीसी पास गर्न खोज्दा पनि लफडा गरेको भन्दै प्रचण्ड माथी आरोप लगाएका थिए ।
यो सम्झौता एकदमै महत्त्वपूर्ण छ र सित्तैमा आएको यति धेरै पैसा लिन ढिला गर्नुहुन्न भन्ने उनको धारणा रहेको थियो । हुनत उनले महाकाली सन्धी गर्दा देशमा बार्सिक खरबौँ पैसा आउँछ भनेका थिए तर अहिले सम्म एक पैसा पनि आएको देखिदैन ।
मीठो भाषण गरेर जनतालाई मख्ख पार्न जानेका वलीलाई यतिबेला भने जनताले मज्जाले चिन्ने अवसर पाएका छन ।