काठमाडौं ।
नेपाली काग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा काग्रेसले एक सिट पनि कुनै पार्टी सँग गठबन्धन नगर्ने बताएका छन् ।
केहि दिन अघि मात्रै माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा पुगेर काग्रेस सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कायम रहने भन्दै अझै पर सम्म गठबन्धन चलोस् भन्ने आफ्नो धारणा
सुनाएका थिए तर थापाले भने देउवाले भनाइलाईनै चुनौती दिँदै यस्तो बताएका छन् । काग्रेस महामन्त्री थापाले वडा सदस्य देखी केन्द्र सम्म पनि काग्रेसले प्रचण्ड , माधव नेपाल वा अरु कसैलाई छोड्न नसक्ने बताएका छन् । काग्रेस आफ्नो खुट्टामा आफैँ उभिन सक्षम रहेको भन्दै थापाले कम्युनिष्टको वैशाखी टेकेर काग्रेस उभिन नपर्ने जिकिर
गरेका छन् । थापाले आउने चुनावमा कांग्रेसको एक्लै बहुमत ल्याउनुपर्छ भन्ने सभापतिले पार्टीभित्रको ४० प्रतिशत शक्तिलाई उपेक्षा गरेको पनि बताएका छन् ।डा। शेखर कोइराला पक्षीय नेताहरुको भेलामा महामन्त्री थापाले आउने चुनावमा कांग्रेसले वडादेखि केन्द्रसम्म एक्लै चुनाव लडेर वहुमत ल्याउनुपर्छ भन्ने आफ्नो समूहको धारणा
रहेको समेत बताए । उनले भने – आउने चुनावमा पार्टीलाई पहिलो बनाउने होला । पार्टीको ४० प्रतिशत जनमतलाई पाखा पारेर उहाँको उद्देश्य कसरी पूरा हुन्छ रु हामी गठबन्धनको पक्षमा छैनौ, वडादेखि केन्द्रसम्म कांग्रेस एक्लै लड्नुपर्छ भन्ने हाम्रो समूहको विचार हो । यसमा हामी प्रष्ट हुनुपर्छ । महामन्त्री थापाले विधि र विवेकको
परीक्षामा समेत सभापति शेरबहादुर देउवा कमजोर देखिएको बताएका छन् ।छाटो समयको अवधिका महत्वपूर्ण निर्णय हेर्दा सभापति देउवाको विधि र विवेकको परीक्षामा कमजोर उनले देखिएको बताए । उनले भने — बागमती प्रदेश सरकार विस्तारमा पनि एकपक्षीय भयो । मन्त्री कसरी छानियो रु यो विषयमा पनि पार्टीमा छलफल भएन ।
१६ जिल्लाको अधिवेशन सरेको कुरा मिडियाको समाचार पढेर थाहा पायौँ । महत्त्वपूर्ण निर्णय हरुमा हामीलाई इग्नोर गर्न खोजिएकाले यो समीक्षा बैठक राख्न जरुरी भयो ।
यहाँ सभापतिको मात्रै होइन हाम्रो पनि समीक्षा गरौँ । उनले बामगतीमा सरकार विस्तार, बाँकी रहेका १६ जिल्लाको अधिवेशन लगायतका महत्वपूर्ण निर्णयमा देउवाले विवके नपुर्याएको आरोप लगाए ।