कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
उनी बुधबार साँझ ओलीनिवास बालकोट पुगेका हुन् ।उनले लामो समयसम्म संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले वार्ताबाट सहमति खोज्न ओलीलाई आग्रह गरेको बताए ।
जवाफमा अध्यक्ष ओलीले अप्राकृतिक गठबन्धन र एमालेले कारवाही गरेका व्यक्तिहरुलाई राखेर चलाइरहेको संसदको अवरोध कायमै राख्ने बताएका थिए ।त्यस्तै ओलीले संसदको गतिरोध अन्त्य गर्ने हो भने सभामुख अग्नि सापकाेटालाई हटाउनुपर्ने सर्त राखेको स्रोतले जनाएको छ ।
नेता पौडेलले आफु सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको संयोजकको हैसियतले बालकोट पुगेर ओलीसँग आग्रह गरेको बताए ।
यो पनि पढ्नुहोस …पाँचथर। पूर्वमन्त्री एवं नेकपा (एमाले) नेता वसन्तकुमार नेम्वाङले पार्टीकाे चिन्ता विकास र समृद्धिका काम रोकिनु हुन्न भन्ने मात्रै रहेको बताएका छन्।
वर्तमान सरकारको गठनदेखि विकास निर्माणका कामले गति लिन नसक्दा आशंका बढेको नेम्वाङको भनाइ छ।पाँचथरको याङवरक गाउँपालिका-५ को वडा कार्यालय भवनको याङवरक-५ हिटिधारामा आयोजित कार्यक्रममा पूर्वमन्त्री नेम्वाङले एमालेको चिन्ता र चासो जनतालाई सुख सुविधा हुने र समृद्धिका आधारका रहेका काम नरोकिउन भन्ने मात्रै रहेको बताए ।