नारायणहिटीमा रेस्टुरेन्ट चलाउने बतास समूहको एडभाइजर नै प्रधानमन्त्री पत्नी आरजु

  • 19
    Shares

काठमाडौ।

व्यापारिक घराना बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्राहलयमा रेस्टुरेन्ट खोल्नेगरी जग्गा भाडामा लियो।

२०७७ सालमै उक्त जग्गा भाडामा लिइएको थियो। जसमा अहिले भवन निर्माण गर्नेदेखि लिएर सजावटको काम चलिरहेको छ।

बतास अर्गनाइजेसन अन्तर्गत बिपिएस लिजिङ कम्पनीले महिनामा दुई लाख २१ हजार भाडा दिनेगरी सम्झौता गरेको थियो।

बतास समूहले नारायणहिटी मात्र नभएर पशुपतिनाथ मन्दिरमा क्षेत्रमा रहेको धर्मशालामा पनि होटल सञ्चालन गर्दै आएको छ।

धर्मशालालाई भाडामा लिएर उसले होटल चलाइरहेको हो। यी दुवै कार्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकाे पालामा भएको थियो। त्यो बेला एमाले नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए।

उनकै कार्यकालमा उक्त सम्झौता भएको थियो। तर, भट्टराईले यो विषयमा आफू अनभिज्ञ रहेको प्रष्टिकरण दिइसकेका छन्।

अहिले बताससँगै नेकपा एमालेको पनि चर्को आलोचना भइ रहेको छ। यसअघि यति समूह र ओम्नी समूहले विभिन्न ठेक्का आफ्नो हात पारेको थियो।

प्रधानमन्त्री तथा मन्त्रीहरू लाई विभिन्न प्रलोभनमा पारेर दुई समूहले अर्बौंको भ्रष्टाचार गरेका थिए।

बतास समूहलाई पनि तत्कालीन ओली सरका सँगै जोडेर हेर्न थालिएको छ।

तर, बतास समूह अन्तर्गत बतास फाउण्डेसन को एडभाइजरमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा रहेको पाइएको छ।

बतास फाउण्डेसनले आफ्नो बेवसाइटमा राखेको सूचनामा आरजूलाई एडभाइजर (सल्लाह कार) को रूपमा राखेको छ।

सन् २००८ मा स्थापना भएको बतास फाउण्डेसनको एडभा इजरको रूपमा आरजूसँगै डा. सुमन के. कर्ण, खेमराज उपाध्या यक्रिस वार्डेल छन्।

आनन्दराज बतास सञ्चालक रहेको बतास कम्पनीको निर्देशक मा २००५ कि मिस वर्ल्ड नेपाल सुगारिका केसी लगायतका छन्।

बतास फाउण्डेसनले कोरोना महामारीको समयमा विभिन्न अभियान सञ्चालन गर्दै आर्थिक संकलन गरेको थियो।

रू. दान, महामारीमा ज्यान भन्ने नारासहित बतास फाउण्डेसनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्ट का साथै थप आई सीयू जडान गर्ने अभियान चलाएको थियो।

जसमा सन् २००५ कि मिस वर्ल्ड नेपाल सुगारिका केसीसँगै, सन् २०१० कि मिस वर्ल्ड नेपाल सदिक्षा श्रेष्ठ, भलिबलको राष्ट्रिय खेलाडी सिपोरा गुरूङ, सन् २०११ कि मिस वर्ल्ड नेपाल मलिना जोशी लगायतले ऐक्यबद्धता जनाएका थिए।

त्यस्तै रू. १०० दान गरौं, महामारीमा प्राण राखौं भन्ने नारास हित सामुदायिक, सरकारी अस्पतालमा अक्सिजन प्लान्ट र कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भन्दै सहयोग उठाएको थियो।

एकातिर समाज सेवाको नाममा पैसा उठाउँदै आएको बतास समूहले अर्कोतिर भने महत्वपूर्ण ठेक्काहरू हत्याउँदै आएको छ।

यसको पछाडि एउटा मात्र दलको साथ र सहयोगको आधारमा सम्भव नहुने जानकारहरू बताउँछन्।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: