चुनावमा गरेका बाचा भन्दा दश गुणा उत्कृष्ट काम काम गरेको छु पुन जिताऊनुहोस मलाई समृद्ध काठमाण्डौ बनाउछु : मेयर विद्यासुन्दर शाक्य

  • 313
    Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले चुनावअघि देखेको सपनामध्ये धेरै पूरा भएकाे दावी गर्नुभएको छ ।

 

उहाँले काठमाडौंलाई नै बनाउनु पर्ने र अर्को काठमाडौं बनाउन नसकिने बताउँदै आफ्नो नेतृत्वमा धेरै कामहरु भएको जिकिर गर्नुभएको छ ।

 

‘काठमाडौंलाई नै व्यवस्थापन गर्ने हो । नयाँ काठमाडौं बनाउन सकिँदैन,’ पदावधि सकिन लाग्दा उहाँले भन्नुभएकाे छ, ‘हामीले जुन सपना देखेर काठमाडौं महानगरपालिका जित्यौँ भने भनेर बाँड्यौँ । त्यसमध्ये हामीले धेरै काम पनि गरिसक्यौँ।’

 

आफूले राम्रो काम गर्यौँ भनेर पटक पटक भनिसकेको भन्दै अब जनतालाई मूल्याङ्कन गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । उहाँले आफ्नो काममा मार्क दिन पनि आग्रह गर्नुभएको छ ।

 

अब आफू परीक्षार्थी भएको बताउँदै आफ्नो रिजल्टमाथि मूल्याङक्न गर्न उहाँको अनुरोध छ । महानगरपालिकाको बिकास र समृद्धिका लागि आफूले दिनरात नभनी साढे ४ वर्ष मेहनत गरेको पनि उहाँको दावी छ ।

 

‘तपाईँले आफैँ मूल्याङ्कन गर्नुस् । अब मैले मेरो खुखबाट भन्दा पनि, मत परीक्षार्थी भएँ । मैले साढे ४ वर्ष दिन रात नभनी मेहनत गरेर एउटा रिजल्ट दिएको छु,’ उहाँले भन्नुभएको छ, ‘अब मैले दिएको रिजल्टमा तपाईहरु कतिको सन्तुष्टि हो । त्यो चाही तपाईहरुको कुरा हो।’

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: