३८ क्विन्टल सुन तस्करी प्रकरणः दुई लाख धरौटीमा छुटे गोरेका भाइ

  • 42
    Shares

काठमाडौं । ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अरोपी गोरे भनिने चूडामणि उप्रेतीका भाइ रमेश उप्रेती पनि धरौटीमा रिहा भएका छन्।

सुनतस्करी मुद्दाका मुख्य आरोपी गोरेका भाइ रमेश उप्रेती मोरङ जिल्ला अदालतबाट बिहीबार दुई लाख रुपैया धरौटीमा रिहा भएका हुन्।

सुनतस्करी मुद्दाका फरार आरोपी रमेश दुबईमा लुकेर बस्दै आएका थिए। अदालतले दाजु गोरेबाहेक अन्य सबैलाई सफाई दिएपछि उनी योजना मिलाएर नेपाल आएका थिए।

नेपाल आएको थाहा पाएपछि प्रहरीले उनलाई २० पुसमा विमानस्थलबाटै पक्राउ गरेर मोरङ पठाएको थियो। मोरङ प्रहरीले उनलाई बुधबार अदालतमा हाजिर गराएको थियो।

 

 

 

बिहिवार थुनछेक बयान सकिएपछि न्यायाधीश भरत लम्सालको ईजलासले उनलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

 

 

२७ मंसिरमा मुख्य लगानीकर्ता काले भनिने कृष्ण गोपाल अग्रवाललाई पनि अदालतले दुई लाख रुपैयाँ धरौटीमा छाडेको थियो।

 

 

चर्चित ३८ क्विन्टल सुनतस्करी अभियोगको मुद्दामा गोरेका भाइ रमेश र लगानीकर्ता अग्रवालबाहेक ५६ अभियुक्तले यसअघि नै सफाई पाइसकेका छन्।

 

 

साढे तीन वर्षदेखी विचाधाराधिन उक्त्त मुद्दामा १९ असोजमा यायाधीश लम्सालको इजलासले उनीहरुलाई सफाई दिएको थियो।

 

 

अभियोग लागेका ७७ जनामध्ये ६ जनालाई सनम शाक्य हत्या आरोपमा, मोरङ उर्लाबारी ७ का मुख्य अभियुक्त्त गोरेलाई मानव अपहरण कसुरमा थप १० बर्ष सजायसहित जन्मकैद तथा काभ्रेका टेकराज मल्ल ठकुरी, झापाका लाक्पा शेर्पा, मोरङका मोहन काफ्ले, मोरङकै कृष्ण भनिने नरेन्द्र कार्की र झापाका भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैद सजाय तोकिएको थियो।

 

 

यसैगरी पुरानो मुलुकी ऐनको दफा १७ को उपदफा ३ अनुसार काठमाण्डौंका राजनकुमारलाई ३ वर्ष र मोरङका माधव भानिने मदन प्रसाद घिमिरेलाई ६ महिना सजाय भएको छ। सुनतस्करी मुद्दाका ७७ अभियुक्त्तमध्ये १८ जना अझै फरार छन्।

 

 

आपराधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अबैध कारोवार, मानव अपहरण शरिर बन्धक र कर्तब्य ज्यान अभियोगको उक्त्त मुद्दा पहिलो पटक १९ बैसाख २०७५ मा ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा दर्ता भएको थियो। त्यसपछि ३० बैसाख २०७५, २० असार २०७५ र ७ भदौ २०७५ मा थप अभियुक्त्तहरु विरुद्ध अभियोग दर्ता भएको थियो।

 

 

संगठित सुनतस्करी आरोपका ९ जना प्रहरीहरु पुर्व डिआईजी गोबिन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, तात्कालिन एसएसपी दिवेश लोहनी, एसपी विकास राज खनाल, डिएसपी सज्यबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल तथा प्रहरी हवल्दारहरु बिष्णुबहादुर खडका र

भर्खरै

सम्बन्धित समाचार

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन: यस्तो भन्छ्न शेर बहादुर देउवा

काठमाडौँ – प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका...

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा...

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई

पृथ्वीनारायण छँदै थिएनन्, झुठो इतिहास निर्माण गरिएको: डाक्टर बाबुराम भट्टराई डाक्टर बाबुराम भट्टराई को टिप्पणी । नेपालका बिसे चौबिसे राज्यका...

error: