आलेको कडा आक्रोश: आइतबार १२ बजेभित्र नारायणहिटी भित्रको संरचना नहटाए आफै पुगेर भत्काइदिन्छु

  • 137
    Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालय भित्रको निर्माणधीन रेष्टुरेन्ट आइतबार १२ बजेभित्र नहटाए आफू आँफैले हटाउने चेतावनी दिएका छन् ।

 

मन्त्री आलेले निर्माणधीन रेष्टुरेन्ट हटाउन ३ दिनको म्याद दिँदै उक्त समयसीमा भित्र हटाइसक्न निर्देशन दिएका हुन् ।

 

उनले बतास गर्ननाइजेसनलाई भनेका छन्, ‘तीन दिनभित्र संग्राहलयभित्र संरचनाहरु हटाउन हटाउनुस्। यदि आइतबार १२ बजेभित्र हटाउनु भएन भने म आफैं पुगेर हटाउनेछु।’

 

केपी ओली नेतृत्वको सरकारले नारायणहिटी भित्र रेष्टुरेन्ट संचालन गर्न अनुमतिसहित अत्याधिक सस्तो मूल्यमा जग्गा प्रदान गरेको थियो । उक्त स्थानमा रेरष्टुरेन्ट संचालनका लागि भवन तथा संरचना निर्माण गर्न बतास गर्ननाइजेसनले ठेक्का पाएको थियो ।

 

संग्रहालयमा रेष्टुरेन्ट संचालन गर्नु गलत भएको भन्दै मन्त्री आलेले यसअघि पनि बताएका थिए । सो बारे अध्यायन गर्न बिहीबार मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन भइसकेको छ ।

 

उक्त छानविन टोलीले दिनभित्र सबै डकुमेन्टहरुको अध्यययन गरी सुझाव दिन निर्देशन दिइएको छ ।

 

उनले संग्राहलयभित्र एक पटक मात्रै होइन सँधैका लागि रेष्टुरेन्ट संचालन गर्न नदिने बताएका छन् ।

 

 

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: