काठमाडौँ । भिडियो हेर्नलाई तल जनुहोला !
कांग्रेस महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्मै हुने तर चुनावमा भने कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्ने बताएका छन् । अहिले जुन गठबन्धन छ यो गठबन्धन तीनवटै तहको
निर्वाचन भइञ्जेलसम्मै रहन्छ । किनकि गठबन्धन नरहे सरकार नै रहँदैन महामन्त्री थापाले भनेका छन्त र तीन वटै निर्वाचनमा कांग्रेस एक्लैले आफ्नै तागतले चुनावी प्रतिस्पर्धा गर्नुपर्छ । कांग्रेस एक्लै
चुनाव लड्नुपर्छ । बुधबार कोइराला समूहको भेलामा बोल्दै महामन्त्री थापाले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रा नदेखिएको बताए । सभापतिज्यूले सबैलाई समेटेर लैजाने र विधिको
पालना गर्ने कुरा बोल्नुभएको थियो तर त्यो पालना हुने संकेत देखिएको छैन थापाले भनेका थिए ।
उनले पार्टीले लिने निर्णयमा ४० प्रतिशत मत ल्याएको समूह र आफ्नै पदाधिकारीसँग समेत छलफलनगरी निर्णय गर्ने कुराले राम्रो संकेत नगरेको बताए । महामन्त्री थापाले १६ जिल्लाको अधिवेशन सार्ने विषयमा समेत आफूसँग कुनै परामर्श नभएको बताए ।
उनले राष्ट्रिय सभा सदस्यको निर्वाचनका उम्मेदवार छनोटमा समेत असन्तुष्टि व्यक्त गरेका थिए ।