केपि ओलि मदन भण्डारी भन्दा पनि उत्कृष्ट र भिजन भएको नेता हो : टोपबहादुर रायमाझि

  • 4
    Shares

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमाले अध्यक्ष ओलीलाई मदन भण्डारीसँग तुलना गरेका छन् ।

 

एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले धेरै व्यक्तिहरूले एमालेको नेतृत्व गरेका भए पनि कि त मदन भण्डारीको चर्चा भएको र कि केपी ओलीको मात्र चर्चा भएको भन्दै केपी ओलीलाई मदन भण्डारीसँग तुलना गरेका हुन् ।

 

‘केपी ओली लामो समय जेल बस्नुभो,’ नेता रामाझीले भने, ‘पछि जेलबाट निस्किए पनि मुल नेतृत्वमा रहनुभएन । तर, चर्चा मदन भण्डारीको छ कि केपी ओलीकै छ ।’

 

नेता रायमाझीले प्रमुख प्रतिपक्षीका विरुद्ध आम गठबन्धन बन्नु सत्ताधारीको हारको उपज भएको बताए । कांग्रेस महाधिवेशनमा समेत ओलीको पक्षमा नाराबाजी भएको भन्दै रायमाझीले एमालेविरुद्ध चौतर्फी घेरावन्दी भए पनि आफूहरू ठिक ठाउँमा रहेको दाबी गरे ।

 

‘सत्तापक्षी पार्टीको अधिवेशन छ,’ नेता रायमाझीले भने, ‘तर चर्चा ओलीकै हुन्छ, भनेपछि देश एमालेकै वरिपरी घुमिरहेको छ ।’

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: