गठबन्धन तोड्न र एमसीसी पास गर्न ओलि देऊवा तयार यस्तो छ रणनीति ।

  • 356
    Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच ओलीनिवासमा भएको वार्ता सकिएको छ ।

 

वार्तामा भएको कुराकानीबारे दुवै नेताले प्रतिक्रिया मानेनन् । दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको छ ।

 

निरन्तर संसद अवरोध गरिराखेपछि र सर्वदलीय बैठकमा समेत ओली सहभागी नभएपछि सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले निवासमै गएर उनलाई मनाउने जिम्मा गर्न प्रधानमन्त्री देउवालाई दिएको थियो ।

 

जसअनुसार देउवा ओलीलाई भेट्न उनकै निवास पुगेका हुन् ।

 

आफूलाई सरकारबाट विस्थापित गरेकोमा, एमाले फुटाउन अध्योदश ल्याएकोमा र त्यसमा सभामुखले समेत सहयोगी भूमिका खेलेको भन्दै ओली निकै रुष्ट छन् ।

 

एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । त्यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीबारेको छलफलमा पनि एमाले सहभागी हुने गरेको छैन ।

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

 

प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए ।

 

भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ ।

 

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको बताए । भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन् ।

 

एमालेले कारवाही गरेका माधव नेपालसहित १४ संसदको कारवाही रोकेर अवैध रुपमा दल (नेकपा एस) दर्ता गरिएको प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

 

माधव नेपालको कारवाही वैध हुनुपर्ने, सांसदको हैसियतमा संसदमा उपस्थित गराउन नहुने र कारवाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ ।

 

एमालेसँग सम्वाद गर्न यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि माधव नेपाल सहभागी भएका कारण एमाले सहभागी भएन । त्यसैगरी समाभुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको छैन ।

 

सहमतिको निरन्तर प्रयास गर्दा पनि एमालेले अवरोध कायमै राखेपछि सत्ता गठबन्धनले सम्वाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ । जसअन्तर्गत देउवा बालकोटा पुगेका हुन् । न्युज कारखानार तस्बिर स् गोविन्द परियार

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: