ठुला राजनीतिक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने पेशा बनाए : अध्यक्ष लिङ्देन

  • 358
    Shares

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको बताएका छन् ।

 

 

बिहीबार धनगढीमा राप्रपाका पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक दलका नेताहरूले राजनीतिलाई पैसा कमाउने पेशा बनाएको आरोप लगाएका छन् ।

 

 

उनले राजनीतिकलाई पेशा बनाएकोप्रति आक्रोश पोख्दै कांग्रेस र कम्युनिष्टविरुद्ध भण्डाभोर अभियान गर्नुपर्ने बताए ।

 

 

ठूला दलले मच्चाएको लुटतन्त्र विरुद्ध राप्रपाले कडा प्रतिबाद गर्ने बताउँदै अध्यक्ष लिङ्देनले त्यसविरुद्ध सडक संघर्षमा जान तयार रहन कार्यकर्तालाई निर्देशन दिए । राप्रपामा नेतृत्व परिवर्तन भएजसरी जनमतको कदर गरेर सत्ता परिवर्तन गर्ने उनको भनाइ छ ।

देश बिग्रिएसँगै लाखौं युवाहरुको भविष्य पनि बिग्रिएको भन्दै अध्यक्ष लिङ्देनले सबै एकजुट भएर परिर्वतनको पक्षमा लाग्नुपर्नेमा जोड दिए ।

 

 

अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जनताले राजनीतिक दलसँग बदला लिने मौका आउने बताउँदे उनले कांग्रेस र कम्युनिष्टको विकल्प खोज्नुपर्ने बताएका छन् ।

अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता रहेको औंल्याए । उनले राजसंस्था र हिन्दूराष्ट्र नेपालको गौरवसँग सम्बन्धित विषय रहेको उल्लेख गरे ।

भर्खरै

सम्बन्धित समाचार

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ… ।। पूरा पढ्न click गर्नुहोस् ।।

स्थापीत भन्छन् : अझै मेरो Area को गणना गर्न बाँकी छ । मेरो जित निश्चित छ... ।। पूरा पढ्न click...

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन त्यसैले हाम्रो जित निश्चित छ: महामन्त्री थापा ।। पूरा पढ्नुहोस् ।।

एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले...

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ?

बालेनले १९ हजार ५२३ मत ल्याउँदा अरुले कति ल्याए ? काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो...

error: