गोली खान तयार छु तर जन भावना बिपरितका काम एमसीसी लगायत कुनैपनि रास्ट्रघाति संझौता कदापि गर्ने छैन : अग्नि सापकोटा

  • 4.7K
    Shares

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफूमाथि विश्वास र भरोसा गरेका जनतालाई धोका नदिने बताएका छन् ।

 

गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडानम्बर २ मा शनिबार आयोजित मिलिजुली मातृशिशु बचत तथा ऋण सहकारीको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सभामुख सापकोटाले आफू प्राणको बाजी लगाउन तयार रहेको तर जनतालाई धोका नदिने बताए ।

 

आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले भने ‘तपाईंहरूको भोटले आज म सभामुखको जिम्मेवारीमा छु ।

 

राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ। तपाईंहरूको यो विश्वासलाई, ममाथिको भरोसालाई धोका दिने छैन, विश्वासघात गर्ने छैन ।

 

जनतालाई धोका दिनुभन्दा पहिला बरु म प्राणको बाजी लगाउन तयार छु । म तर जनतालाई धोका दिने छैन।’

 

सभामुख सापकोटाले राजनीतिक संकट, कोभिड १९ को संकट र जलवायु परिवर्तनका कारण निम्तिएको संकटका कारण सभामुख भएपछिको दुई वर्षमा भनेजस्तो काम गर्न नपाएको स्वीकार गरे ।

 

सभामुख सापकोटाले आफ्नै पालामा दुई(दुई पटक संसद विघटन भएर पुनर्स्थापना भएको स्मरण गर्दै राजनीतिक संकट भने क्रमशस् सुधारको बाटोमा रहेको दाबी गरे ।

भर्खरै

सम्बन्धित समाचार

error: