एमालेको सरकार आएपछि विकासको लहर ल्याउँछौँ समृद्ध नेपाल निर्माण गर्नेछौं ढुक्क हुनुहोस्: केपि ओली

  • 1.1K
    Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न नेकपा एमाले चाहिएको बताएका छन् ।

 

उनले झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा वाटर किङडम पार्कको आज उद्घाटन गर्दै एक वर्षपछि एमालेको सरकार आउने र त्यसपछि पाँच वर्ष सत्तामा रहँदा विकास निर्माणको अहिलेसम्म नभएको लहर उनले आउँदो निर्वाचनमा जनादेशबाट एमालेको एकल बहुमतको सरकार स्थापित हुने समेत दाबी गरे ।

 

उनले आफू प्रधानमन्त्री भएको बेला सुरु गरिएका हजारौँ विकास निर्माणका आयोजना अहिलेको सरकारले बजेट नदिएर ठप्प तुल्याएको आरोप लगाए ।

 

प्रदेश नं १ पर्यटकीय दृष्टिले समृद्ध रहेको चर्चा गर्दै उनले पर्यटन विकासका लागि पचासौँ करोड लगानी हुनु खुसीको विषय भएको बताए ।

 

कोभिडका कारणले केही समय अन्योल सिर्जना हुँदा निराश नहुन भन्दै उनले समय क्रममा पर्यटक आउने दिनको प्रतीक्षा गर्न आग्रह गरे ।

 

दुई बिघा जग्गामा फैलिएको वाटर पार्कमा स्थानीय उद्यमी राजकुमार सङ्ग्रौला र उनको परिवारको रु ५० करोड लगानी रहेको छ ।

भर्खरै

सम्बन्धित समाचार

काठमाडौंको नगरपालिकाको मेयरमा राप्रपाको जित

काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा समाजवादीका उम्मदवारलाई ७०४ मतको अन्तरले पराजित...

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति

तीन बीमा कम्पनीले पाए औपचारिक रुपमै मर्जरको सहमति   तीन वटा बीमा कम्पनीहरु प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र...

चुनाव जित्न यस्तो षडेन्त्र गर्दै: रेणु दाहाल

भरतपुरमा एमाले कै चमत्कार, रेणु दाहाललाई झड्का, एमालेका विजय सुवेदी लिडिङ्गमा !   भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय...

error: